झिर्पु माध्यामिक विद्यालयको विव्यस अध्यक्षमा आङछिरी

जेठ ४, ताताेपानी । भाेटेकाेशी गाउँपालिकाको शैक्षिक केन्द्र रहेकाे झिर्पु माध्यमिक विद्यालयको ५५ औं अभिभावक भेलाद्वारा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अाङछिरि शेर्पा सर्वसम्मत चयन भएका छन् ।

शुक्रबार भएकाे अभिभावककाे भेलाले शेर्पा ३ वर्षकाे लागि विव्यस अध्यक्षमा चयन भएका हुन् । स्थानीय जनजाती नेता समेत रहेका शेर्पा बिगत १७ वर्ष देखि राजनीतिमा क्रियाशिल छन । माअाेवादी केन्द्रकाे जिल्ला कमिटि सदस्य, भाेेटेकाेशी गाउँपार्टी कमिट ईन्चार्ज तथा जनजाती नेता शेर्पा लाेकप्रिय नेताकाे रूपमा परिचित छन् ।
पछिल्लाेपटक माअाेवादी केन्द्रले स्थानीय तहकाे निर्वाचनमा भाेटेकाेशीमा पक्षपातपूर्ण व्यवहार गरेकाे भन्दै उनी लगाएत ठूलाे हिस्सा स्वतन्त्र बसेका िथए । निर्वाचनमा समेत भाेटेकाेशी गाउँपालिका वडा नम्बर ३ काे स्वतन्त्र उमेदवार निमा शेर्पा निर्वाचित भएका थिए ।
नव निर्वाचित विध्यालय व्यवस्थापन समितिका अध्यक्ष अाङछिरि शेर्पाले झिर्पु माध्यामिक विध्यालयलाई जिल्लाकै नमुना विध्यालयकाे रूपमा स्थापित गरिने प्रतिवद्धता जनाए ।
विद्यालयको उन्नाती र प्रगतिको निम्ति जनप्रतिनिधि ,अभिभावक ,शिक्षक, विधार्थी ,अग्रज शिक्षा प्रेमी सम्पूर्णकाे साथ सहयाेगकाे अपेक्षा समेत उनले गरे ।