सिन्धुपाल्चोकको लागि २ अर्ब, ८५ करोड, २७ लाखको बजेट, सबभन्दा कम भोटेकोशीलाई

जेठ १५, चौतारा (सिन्धुपाल्चोक) । सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याएका हुन् । जस अनुसार सिन्धुपाल्चोक जिल्लाको लागि केन्द्रबाट २ अर्ब ८५ करोड, २७ लाखको बजेट छुट्टाईएको छ । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा चौतारा साँगाचोकगढी नगरपालिकाको सबभन्दा बढी पाएको छ । उसले ६२ करोड, ६८ लाख पाँउदा भोटेकोशी गाउँपालिकाले जम्मा २६ करोड ८ लाख प्राप्त गरेको छ ।

१२ वटा पालिका मध्ये भोटेकोशी गाउँपालिकाले सबैभन्दा कम बजेट प्राप्त गरेको हो । यसैगरी बढी पाउने दोस्रोमा मेलम्ची नगरपालिकाले ६२ करोड ५ लाख प्राप्त गरेको छ । त्यस्तै बाह्रबिसे नगरपालिकाले ३७ करोड ७२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले २७ करोड २४ लाख र लिसंखुपाखर गाउँपालिकाले ३० करोड ८३ लाख प्राप्त गरेको छ ।

यस्तै सुनकोशी गाउँपालिकाले ३६ करोड ३१ लाख, बलेफी गाउँपालिकाले ३३ करोड ९५ लाख र जुगल गाउँपालिकाले ३३ करोड ८२ लाख प्राप्त गरेको छ । यसैगरी ईन्द्रावती गाउँपालिकाले ४४ करोड ८ लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ३३ करोड १ लाख र हेलम्बु गाउँपलामिमा ३० करोड छुट्टयाको छ ।