चौतारामा एमसीसीको विरोधमा उन्नत लोकतन्त्र पार्टी

निर्मल बस्नेत ÷चौतारा
फगुन ११, चौतारा (सिन्धुपाल्चोक) । नेपाल सरकारले १२ गते संसदमार्फत टेवल गरि निर्णय लिन लागेको एमसीसीको बिरोधमा सिन्धुपाल्चोक चौतारामा उन्नत लोकतन्त्र पार्टीले विरोध र्यालीसहित कोणसभा सम्पन्न गरेको छ ।

इन्डोप्यासिफिक रणनीति एमसीसी खारेज गर ,आमन्त्रीत विदेशी हस्तक्षेप मूर्दावाद,अदालतको क्षेत्राधिकार खाने एमसीसी चाहिदैन, नेपाल आमा जिन्दावाद भन्दै उन्नत लोकतन्त्र पार्टी सिन्धुपाल्चोकले बुधवार चौतारामा बिरोध र्यालीसहित कोणसभा सम्पन्न गरेको हो ।

उक्त बिरोध कार्यक्रममा सहभागि हुन आएका पार्टीको केद्रिय सदस्य एवं सिन्धु काठ्माण्डौ सम्पर्क मञ्चको अध्यक्ष बिपी पौडेल, जिल्ला अध्यक्ष मीन लामा र जिल्ला सहसचिव प्रेम लामाले एमसीसी फिर्ता गर्नुपर्नेमा जोड दिए ।

नेपालको कानुन भन्दा माथि एमसीसी राख्न खोजेकोप्रती उक्त पार्टीको आपक्ति रहेको छ । यदि एमसीसी जर्वजस्ती लागु गर्न खोजिए हतियार उठाउन पनि पछि नपर्ने उद्घोष गरेका छन् । कार्यक्रमको व्यवस्थापन र सहजीकरण उक्त पार्टीको नगर संयोजक भेषनाथ ढुंगानाले गरेका थिए ।