सूचानाको हक विषयक एकदिने अन्तरक्रिया तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न

बैशाख १४, चौतारा । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकद्वारा एकदिने अन्तरक्रिया तथा अभिमूखिकरण कार्यक्रम सम्मन्न भएको छ ।

चौतारा साँगाचोकढी नगरपालिकाको सहयोग तथा राष्ट्रिय सूचना आयोग काठमाडौंको समन्वयमा आज पत्रकार महासंघको हलमा सम्पन्न भएको हो । विभिन्न कार्यालयका सूचना अधिकारीहरु सम्मिलित उक्त अभिमूखिकरण कार्यक्रमको सूचना आयोगकी प्रमुख आयुक्त कमला ओलीले उदघाटन गरेकी हुन् ।

सूचना हक सम्बन्धी प्रस्तुती दिंदै प्रमुख आयुक्त ओलीले जनताले चाहेको खण्डमा जुनसुकै सरकारी कार्यालय तथा संस्थाहरुमा सूचना लिन सक्ने बताईन तर अनावश्यक दुःख दिने नियतले मागिएको सूचना कानुनी दण्डनीय हुने बताईन ।

सूचना माग्ने अधिकार जनताको नैसर्गिक अधिकार भएकोले हरेक कार्यालयहरुमा सूचना अधिकारीबाट सूचना नपाए प्रमुखकोमा ७ दिनभित्र उजुरी दिन सक्ने र कार्याप्रमुखले ७ दिनभित्र सूचना दिने नदिने जानकारी गराउन पर्ने प्रावधान रहेको उल्लेख गरिन । यदि कार्यालय प्रमुखले सूचना नदिए ३५ दिनभित्र आयोग समक्ष पुनरावेदन आउनुपर्ने र आयोगमा पुनरावेदन परेको ६० दिनभित्र कारवाही किनारा गर्नुपर्ने उल्लेख छ । उनका अनुसार जिउ ज्यानको सुरक्षा सम्बन्धी सूचना २४ घण्टाभित्र दिनपर्ने कानुनी प्रावधान छ ।

कार्यक्रममा सायक प्रमुख जिल्ला अधिकारी निरान्जन श्रेष्ठले सूचनाको हक सम्बन्धी प्रक्रिया र जानकारी नहुँदा कार्यलय प्रमुखहरुले नै दुः ख पाउने गरेको र आफू स्वयम पीडित भएको खुलासा गरे । सूचनाको हक सम्बन्धी कार्यक्रम जिल्ला सरकारी कार्यालयहहरुलाई लक्षित गरी नियमित रुपमा गर्न सूचना आयोगकी प्रमुख आयुक्त ओलीसंग आग्रह गरे । कार्यक्रममा सहभागीहरुले सूचनाको हक सम्बन्धी हद म्यादको बारेमा जानकारी नै हुननपाई सूचना अधिकारी विरुद्व आयोगमा पुनरावेदन हुने गरेको लगाएत जिज्ञासा राखेका थिए ।
नेपाल पत्रकार माहासंघ सिन्धु शाखाको आयोजनामा भएको उक्त कार्यक्रमको शाखा अध्यक्ष जीवनप्रसाद श्रेष्ठको सभापतित्वमा भएकोृ थियो भने कार्यक्रमको सञ्चालन सचिव विदुर आचार्यले गरेका थिए ।