
मध्येभोटेकोशी आयोजनामा चोरीको घटना बढ्दै, सेक्युरिटी गार्डनै चोरीमा संलग्न

पुष ८, बाह्रबिसे (सिन्धुपाल्चोक) । चोरीको घटना त सुनिदै आएको छ । गेट पाले राखिएका व्यक्तिहरु नै चोरीमा संलग्न हुन्छन् भन्ने घटना निकै बिरलै पाईन्छ । तर निर्माणधिन मध्यभोटेकोशी आयोजनामा यो घटना देखिएको छ ।
जलविद्युत कम्पनीमा कार्यारत सेक्युरिटी गार्डलाई सामान चोरी गर्दा गर्दैको अवस्थामा रंगेहात पक्राउ परेका छन् । मंगलबार राति कम्पनीको सामान चौदै गर्दा प्रहरी र नेपाली सेनको टोलीले एकजना त्याहाँ कार्यरत कर्मचारी र दुईजना गार्ड सहित पाँचजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुुुसार पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–६ का प्रेम राज श्रेष्ठ, वडा नम्बर ५ का वाङदी तामाङ, वडा नम्बर ६ बसेरीका पृथ्वीमान श्रेष्ठ, वडा नम्बर ८ का मानबहादुर तामाङ र राजमान तामाङ र रहेका छन् । समातिएका दुईजना सेक्युरिटी गार्ड, एकजना सोही कम्पनीमा कार्यरत, अन्य दुईजना स्थानीय रहेको प्रहरीले जनाएको छ । फलाम लगाएत कबाडीका सामाग्री चोर्दै गरेको अवस्थामा उनीहरुलाई मंगलबार राती समातिएको थियो । चोरीएको २००० केजी कबाडी सामाग्री समेत प्रहरीले बरमाद गरेको छ । तीन जना ग्रुप फोर्स सेक्युरिटि कम्पनी मार्फत आयोजना स्थलमा सेक्युरिटिको काम गर्दै आएका थिए ।
गोरख बक्स युनिटका सह सेनानी शुभराज गुरुङको टोलीले रंगेहात समातिएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा बुधबार बुझाएको हो । चोरी मुद्दामा म्याद थप गरी २२÷२४ दिन राखेर अनुुन्धान पछि जिल्ला अदालतमा बुझाईने उनले प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए ।
यसअघि पनि मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको चिनिया ठेकेदार कम्पनीमा कार्यरत सेक्युरिटी गार्डहरुले रातारात सामान चोरेर बेच्ने गरेको आयोजना प्रभावित क्षेत्रका स्थानीयको भनाई छ । तर ठेकेदार कम्पनीले खासै वास्ता गरेको उनीहरुको आरोप छ ।
आयोजना ठकेदार, कम्पनी र प्रभावित क्षेत्रका अस्थानीय बीच बिगतमा भएको सम्झौता अनुरुप रोजगारीको विषयमा प्रभावित क्षेत्रका स्थानीयहरुलाई प्राथमिकता दिने भने पनि ठकेदार कम्पनीले स्थानीय संगको सहमति विपरित सेक्युरिटिको जिम्मा अर्को कम्पनीलाई दिएको उनीहरुको आरोप छ ।
उक्त घटना ठूलै सेटिङमा भएको बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाले बताए । चोरीको घटना पछि संलग्न भएकाहरु पक्राउ परिसकेको अवस्थामा आफूलाई अनवश्यक सामाजिक सञ्चाजल मार्फत टिकाटप्पणी गरेको प्रति मेयर शेर्पाले आपत्ती जनाए । चोरी अपराधमा संलग्न भएकाहरुलाई कारवाही गर्नुको साटो केही व्यक्तिहरुले चोरीको विरोध गर्नेहरुलाई विरोध गरिएको उनले बताए ।
आयोजनामा राखिएको सेक्युरिटी चोरीमा संलग्न भएपछि उनीहरुलाई सेक्युरेटी बनाउने कम्पनी र कमाण्डरलाई समेत छानविन गर्नुपर्ने उनले जोड दिए ।
उनीहरुलाई जागिर खुवाउने व्यक्तिहरुलाई समेत अनुसन्धानमा ल्याउन पर्ने मेयर शेर्पाको माग छ । आफू मध्यभोटेकोशी आयोजनाको सरोकार समितिको संयोजक भएकोले छिट्टै मिटिङ बोलाउने उनले जानकारी दिए ।
उनका अनुसार मिटिङमा सेक्युरिटी कस्को सिफारिसमा, काहाँबाट राखिएको र किन चोरीका घटना बढ्यो भन्ने सन्दर्भमा छलफल राखिने छ ।
चोरीको घटनाको बारेमा मध्यभोटेकोशी आयोजनाका प्रमुख सूर्यनाथ भुर्तेसंग बुझ्दा चोरीको घटना सामान्य भएको टिप्पणी गरे । ‘यो सामान्य घटना हो चोरीको घटना त भई रहन्छ नी ’ आयोजना प्रमुख भुर्तेलले भने । सिन्धुपाल्चोकमा कार्यरत पत्रकारहरुले जथाभावी समाचार लेखेको भन्दै आक्रोस समेत पोखे ।
आयोजनाका सिईओ रामगोपाल शिवाकोटीले भने चोरीमा संलग्न जो सुकैलार्ई क्षमा दिन नसकिने बताए । उनीहरुलाई कानुन अनुसार कारबाही गरिने समेत उनले बताए । चोरीमा संलग्न भएकाहरुलाई प्रहरीले समाति सकेको छ, कानुन अनुसार कारवाही हुन्छ’, आयोजनाका सिईओ शिवाकोटीले भने ।
स्मरण रहोस केही दिन अघि मात्र तातोपानी भन्सारबाट तामाको क्वाईल चोरी भएको थियो । चोरीमा प्र्रयोग गरिएको गाडी समातिए पनि संलग्नलाई भने पक्राउ गर्न सकिएको छैन् । दुवै घटना एकै व्यक्तिहरु हुन सक्ने आशंका गरिएको छ ।