बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीको केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

निर्मल बस्नेत
मंसिर ७, चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको नेता एवं बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले आशन्न पार्टीको १० महाधिबेशनको लागि आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गरेका छन्
क्षत्रीले मंगलवार पत्रकार सम्मेलन गरि चौतारावाट भनेका छन् “पुरानो बिचार र सिद्धान्तले वर्तमान परिवेशमा काम नगर्ने हुँदा पार्टीले अंगालेको जनताको बहुदलिय जनवादमा पुर्नव्याख्या हुनुपर्छ” भन्दै उक्त कुरा पुरा गर्न आफ्नो उम्मेदवारी भएको प्रष्ट्याए ।
उनि नेकपा एमालेमा २०३८ सालदेखी विद्यार्थी संगठनको प्रारम्भीक कमिटीको सचिव हुदै २०४४÷०४५ मा पिपुल्स क्याम्पसको सचिव, २०४६ मा अनेरास्ववियुको जिल्ला सचिव, जिल्ला समितिको सदस्य, राष्ट्रिय परिषद सदस्य, २०५१ सालमा स्थानीय विकास मन्त्री अमृतकुमार बोहोराको स्वकीय सचिव, २०७४ सालमा भएको स्थानीय निर्वाचनमा बलेफी गाउँपालिकाको अध्यक्षको भूमिका रहेको बताउदै हाल १० औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर विजय हुने कुरामा आफू ढुक्क रहेको बताए ।
उनले सोही अवसरमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको सह सचिव नानीराम नेपालको अकल्पनीय मृत्युले अपुरणिय क्षती पुगेको भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरे । र, साथै मृतकको परिवारलाई योग्यताअनुसार आफुले रोजगारी प्रदान गर्ने प्रतिबद्धतासमेत जनाए ।