बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा

असोज ११, हेटौंडा । बागमती प्रदेशलाई सोमबारबाट साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार बागमती प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश भएको घोषणा गरेकी हुन् ।

कार्यक्रमको उदघाटन् गर्दै प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर अभियानलाई सृजनात्मक रुपले अगाडी बढाउने वताईन ।
यस प्रदेशमा शिक्षालाई सबैतिर फैलाउनुपर्ने वताउँदै उनले पूर्ण साक्षर नभएपनि अब भने सत प्रशित साक्षर गराउनका लागि सबै स्थानीय तह, जिल्ला समन्वय समितिहरु लाग्नुपर्ने धारणा राखिन । पहिले महिलाहरु वेलुकाको समयमा मात्र प्रौडकक्षा पढ्नुपर्ने बाध्यता रहेको रहेपनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने उनको तर्क थियो ।

जिल्लास्तरबाट सबै अभियान्ताहरु साक्षर अभियानमा लाग्न मुख्यमन्त्री शाक्यले निर्देशन दिईन । घोषणाको काम सकिएपनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने वताउनुभयो । शान्तिपूर्ण र बिभेद रहित नेपाल निर्माण गर्नका लागि काम गर्नुपर्ने वताईन । प्रदेशका सामाजिक विकास मन्त्री विजय सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सचिबहरु, मन्त्रालय र निर्देशनालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।