माओवादी केन्द्रद्वारा बाढी प्रभावित ३ पालिकालाई ६७ लाख अार्थिक सहयाेग
साउन ११, मेलम्ची (सिन्धुपाल्चाेक) । नेकपा(माअाेवादी केन्द्रले बाढी प्रभावित ३ गाउँपालिकालाई ६७ लाख प्रदान गरेकाे छ ।
नेकपा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको समन्वयमा माओवादी केन्द्रले नेतृत्व गरेको प्रदेशभरका स्थानीय तहहरुबाट गत असार १ गते हेलम्बु- मेलम्ची बाढी पीडित स्थानिय तहमा बाढी पहिरो व्यवस्थापन तथा पुनस्थापनाको लागि सहयोग हस्तान्तरण गरिएको हाे ।
पार्टीका नेता नारायण दाहाल, हितमान शाक्य, हित ब. तामाङ, माधव सापकोटा ‘सुबाेध’, युवराज दुलाल ‘शरद’ ,चन्द्रबहादुर थापा ‘किशोर’ लगायतको उपस्थितिमा बाढी पिडितकाे लागि आर्थिक सहयोग हस्तान्तरण गरिएकाे हाे ।
मेलम्ची नगरपालिका – रु.२३,२९,९९९ |-
हेलम्बु गाउँपालिका -रु.२३,२९,९९९ |-
पाँच पोखरी थाङ्पाल – रु २०,२९,९९९|-
बाढी पहिरो व्यवस्थापन र पुर्ननिर्माण कार्यमा माओबादी केन्द्रले शुरुको दिनदेखी नै स्थानिय सरकारहरु संग समन्वय गर्दै आएको र भावी दिनमा पुर्ननिर्माण कार्यमा सक्रियतापूर्वक लाग्ने माअाेवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकाेटा सुवाेध ले बताए । नगर तथा गाँउपालिकाबाट सिधै रकम आइसकेकोले बाँकी रकम छिटै संकलन गरि र सिधै पठाउने व्यवस्था पनि गरिने सापकोटाले जनकारी गराए । उनका अनुसार माओवादी केन्द्रले नेतृत्व गरेको प्रदेशभरका स्थानीय तहहरुबाट गत असार १ गते हेलम्बु- मेलम्ची बाढी पीडित स्थानिय तहमा बाढी पहिरो व्यवस्थापन तथा पुनस्थापनाको लागि सहयोग हस्तान्तरण गरिएको थियाे ।
पार्टीका नेता । जम्मा भएकाे उक्त रकम अाज बाढी प्रभावित तीनवटै पालिकाहरूलाई हस्तान्तरण गरिएकाे पार्टी प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला नेता चन्द्रबादुर थापा ´किशाेर` ले बताए ।
यसैबीच नेकपा (माओवादी केन्द्र )बागमती प्रदेश सचिवालय सदस्य क.चन्द्र बहादुर थापा ´किशोर`काे पहलमा अक्सिजन सहितको स्वास्थ्य सामग्री प्रदान गरिएकाे साे पार्टीले जनाएकाे छ ।