
मध्यभोटेकोशी जलविद्युत कम्पनीको आईपिओ खुला

साउन ७, बाह्रबिसे (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकमा निर्माणधिन मध्यभोटेकोशी जलविद्युत कम्पनी (१०२) को आईपिओ खुला गरिएको छ । कम्पनीको यस अघि स्थगित भएको आईपियो मंगलबार देखि खुला भएको हो । कम्पनीले यसअघि प्रभावितका लागि वैशाख २१ गते देखि आईपियो विक्री खुला गरेकोमा कोरोना भाईरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गते देखि स्थगित गरिएको थियो ।
विक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आयोजना प्रभावित स्थानीयले अब फेरी मंगलबाट पुनः यस आईपीओमा आवदेन दिन सक्नेछन् । उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गते सम्म खुला रहनेछ ।
स्थगित हुनुअघि आवेदन दिएका स्थानीयले पुनः आवेदन दिनु नपर्ने विक्री प्रवन्धकले जनाएको छ । सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्रबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिने छ । साथै आश्वा सदस्य बैंक तथा वित्तिय संस्थाबाट पनि शेयर भर्न सकिनेछ ।
यसको अलवा ईसेवा र आईएमी पेको अनलाईन पेमेन्ट गेटवे तथा ग्लोबल आइएमई क्यापिटलको वेवसाईटबाट अनलाईन आवेदन दिनसकिने व्यवस्था छ । स्थानीयले न्युनतम ५० किता देखि अधिकतम ४ सय किता सम्मको आवेदन दिन सक्नेछन् ।
मध्यभोटेकोशीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख किता आईपिओ निश्काशन गरेको हो । जसमध्य ३० प्रतिशतले हुने १८ लाख किता शेयर भोटेकोशी गाउँपालिका वडा नम्बर (१ र ५) साविकको लिस्ती र मार्मिङ गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५, ६, ७ र ८ (साविकको गाति, घुम्थाङ र मानेश्वाँरा) का स्थानीयलाई छुट्याईएको छ । यस्तै ७० प्रतिशतले हुन आउने ४२ लाख किता शेयर सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयबासीका लागि छुट्याईएको छ ।