बाह्रबिसे नगरपालिकाको ९ औं नगरसभा सम्पन्न, माहा विपत्तीको बीचमा पनि उत्कृष्ट कार्य गरेको निश्कर्ष

दिनेश दुलाल
असार ७, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले आफ्नो ९ औं नगरसभा सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिनै लाग्दा आज नगरपालिकाले ९ आंैं नगरसभा सम्पन्न गरेको हो । निर्वाचित कार्यकालको चौथो वर्षमा रहेको नगरपालिकाले आगमी वर्षको लागि गुरु योजना सहितको नीति तथा कार्यक्रम पारित गर्दै नगरसभा सम्पन्न गरेको हो ।

बाह्रबिसेको कभर्डहलमा आज सम्पन्न गरेको नगरसभामा आगमी योजनाहरुको साथै गत वर्षका कार्यहरुको समेत समिक्षा गरिएको छ ।
कार्यक्रमको उदघाटन नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले गरेका थिए । उद्घाटन पछिको प्रभारभिक सभालाई सम्बोधन गर्दै मेयर शेर्पाले बाह्रहबिसे नगरपालिकामा सिमित स्रोत तथा साधानहरु हुँदाहुँदै पनि उपलब्धीमुलक भएको बताए । बाढी पहिरो लगाएत माहाविपत्तीको घटना भोगिरहेको बाह्रबिसे नगरपालिकामा विगत वर्षहरुमा भएका केही तिता घटनाहरुको स्मरण गर्दै नगरप्रमुख शेर्पाले बहुमत प्राप्त दलहरुबाटै नगरसभा सञ्चालनमा वाधा पु¥याउने कार्य भएको बताए । पछिल्लो समय मौसम र प्राकृतिक विपदको सामना गर्दै दु्रत विकासमा अगाडि बढेको नगरपालिकाले विश्वभर फैलिएको कोभिडको कारण पुनः विकास निर्माण लगाएतका कार्यहरुमा नराम्ररी असर पु¥याएको मेयर शेर्पाले बताए ।

मामारी र प्राकृतिक विपदीकै बीचमा नगरपालिकाले उत्कृष्ट कार्य गरेको बताउँदै नगर प्रमुख शेर्पाले काठको पोल मुक्त गरी केबल तारको व्यवस्थापन, गुणस्तरीय शिक्षाको लागि मन्टेश्वरीको अवधारणा र सबै वडाहरुमा स्वास्थ्यचौकी भवन निर्माणको साथै जनतामा स्वास्थ्यको पहुँच पु¥याईएको उल्लेख गरे ।
सार्वजनिक सेवामा सुशासन कायम गर्दै सेवा प्रवाहमा प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाएको दावी गर्दै मेयर शेर्पाले बाह्रबिसे बजारमा सिसिटिभी तथा सौर्यबत्ती जडान, पर्यटन पूर्वाधारमा घुँडे पार्क निर्माण, भयौलीकुन्ड पूर्वाधार व्यवस्थापन तथा अरनिको मिनिपार्क निर्माण गरिएको बताए । त्यस्तै नगरपालिकाले ९ वटा वडामध्ये ७ वटा वडामा वडा कार्यालय निर्माण, घुम्ति सेवा मार्फत जनताको घरदैलोमा प्रशासनिक सेवा, बन्दाकन्दमिा सहुलियत दरमा रासायनिक मल तथा प्राविधिक सहयोग गरिएको मेयर शेर्पाद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोभिड माहामारीको अवस्थामा विकट बस्तीहरुमा स्वास्थकर्मीहरुले स्वास्थ्य सेवा उपलब्ध गराउनुको साथै नगरकै पहलमा २५ वेडको आईसोलेसन कक्ष निर्माण गरी सञ्चालनमा ल्याईएको नगरपालिकाले उल्लेख गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष ०७८÷०७९ को लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालनको व्यवस्थापन, शिक्षामा आमुल परिवर्तन, स्वास्थ्यमा जनतासंगको पहुँच लगाएत महत्वपूर्ण योजना समावेश गरिएको छ ।

नीति तथा कार्यक्रममा आगमी योजनाको बारेमा प्रस्तुत गर्दै नगरपालिकी उपमेयर शुशिला पाख्रिनले पूर्वाधार विकासमा नगरपालिकाले मुख्य मुख्य सडकहरु कोरिडोरको रुपमा विकास गरिने, बालमैत्री अपाङगमैत्री तथा वातावरणमैत्री पूर्वाधार निर्माण गरिने उल्लेख गरिन । नगरपालिकाले प्रत्येक वडामा हेलीप्याड, प्रत्येक वस्तीमा सौर्य बत्ती जडान लगाएत महत्वकाँक्षी योजना समावेश गरेको छ । त्यस्तै नीति तथा कार्यक्रममा जनतामा खानेपानीको पहँच, युवा तथा खेलकुद कार्याक्रम, संस्कृति तथा पर्यटनको विकास, वन वातावरण तथा भू–संरक्षण, महिला तथा बालबालिका लक्षित कार्यक्रम तथा सहकारी विकास कार्यक्रम उल्लेख गरिएको छ । त्यस्तै लघु, घरेलु तथा साना उद्योगको निर्माण, आन्तरिक राजश्व संकलन र परिचालन, राष्ट्र सेवक सुशासन तथा सेवा प्रवाह, सरकारी तथा गैरसरकारी निकाय संगको समन्वय र जनतमा प्रभावकारी न्याय सम्पादन उल्लेख गरिएको छ । त्यसैगरी नीति तथा कार्यक्रममा विपद व्यवस्थापनमा आवश्यक पूर्व तयारी लगाएत टोल टोलमा सुरक्षाको साईरन, भोटेकोशीमा वाढीको पूर्व सुचना तथा मौसम पूर्व अनुमान जानकारीको कुरा समेत उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा नगरपालिकामा विद्युतिकरण एवं वैकल्पिक उर्जा विकास र सामी परियोजनालाई समेत महत्व दिएको छ ।
यसैगरी ९ औं नगरसभामा उपप्रमुख सुशिला पाख्रिनद्वारा प्रस्तुत गरिएको विनियोजन विधेयक, २०७८ का सिद्वान्त र प्राथमिकता समेत नगरसभाले पास गरेको छ ।
नगरसभामा नगर उपप्रमुख सुशिला प्राख्रिनले ५८ वँुदाको सिद्वान्त र प्राथमिकताका विषय प्रस्तुत गरेकी थिईन ।
९ औं नगरसभामा बाह्रबिसे नगरपालिकाले आगमी वर्षको विनियोजित बजेट समेत प्रस्तुत गरेको छ ।
आन्तरिक आम्दानी बाहेक नगरलाई केन्द्रबाट आगमी आर्थिक वर्षका लागि ३६ करोड ७६ लाख विनियोजन भएको हो ।