सभामुख सापकोटाद्वारा डिजीटल एक्सरे हस्तान्तरण

जेठ ३१, बलेफी (सिन्धुपाल्चोक) । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले गृहजिला सिन्धुपाल्चोको बलेफी गाउँपालिकास्थित जलविरे प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकन गरि उक्त स्वास्थ्य केन्द्रलाई डिजिटल एक्सरे मेसिनलगायतका महत्त्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
साथै स्थानिय पूर्वाधार बिकास साझेदारी कार्यक्रमबाट यो स्वास्थ्य केन्द्रकालागि रु १५ लाख रकमान्तर गरिएको सभामुख सापकोटाको सचिवालयका प्रेषविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
आजै सभामुख सापकोटाले आज सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रको अवलोकन गरि महत्वपूर्ण स्वास्थ्य सामग्री प्रदान गरेका छन् । सभामुखले नगरपालिका प्रमुख, उप–प्रमुख र प्रमुख प्रशाशकीय अधिकृतसंग छलफल गरी कोभिड र प्राकृतिक बिपत्तिको पूर्व तयारी सम्वन्धमा जानकारी लिइ आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्दता व्यक्त गरेको प्रेषविज्ञ न्यौपानेले सिन्धुज्वालाई जानकारी दिए ।
बाह्रबिसे नगरपालिकाले सम्भावित प्रकोपको आकलन गरि अस्थाई स्थानान्तरणकोे व्यवस्था गरिएकोसमेत नगरप्रख निमफुञ्जो शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार अस्थाई टेण्ट र आवश्यक पूर्वाधार सवै तयार भैसकेको वताए ।