सिन्धुपाल्चोकमा ३१ गते सम्मको लागि पुनः निषेधाज्ञा जारी
जेठ २१, चौतारा (सिन्धुपाल्चोक) । जिल्लामा ३१ गते सम्मको लागी पुनः निषेधाज्ञा जारी गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलद्वारा शुक्रबार देखि पुनः ३१ गते सम्मको लागि निषेधाज्ञा जारी गरिएको हो । विश्वभर फैलिईदै गईरहेको नयाँ भेरियन्टको कोभिड–१९ माहामाारी नेपालमा समेत फैलिरहेकोमा सिन्धुपाल्चोक जिल्लामा समेत संक्रमणदर तिव्र रुपमा बढिरहेकोले जेठ ३१ गते राती १२ बजे सम्म कायम जारी गरिएको आदेशमा भनिएको छ । प्रजिअ पोखरेलद्वारा जारी गरिएको आदेशमा भनिएको छ–‘मिति २०७८ जेठ २१ गते सम्म निषेधाज्ञा जारी गरिएकोमा जिल्ला भित्र कोभिडका विरामीहरु सबै स्थानीय तहहरुमा तिब्र रुपमा वृद्वि हुँदै गईरहेको हँुदा संक्रमण समुदाय स्तरमा थप फैलिन नदिन मिति २०७८ जेठ २१ गते बेलुका १२ बजे देखि जेठ ३१ गते १२ बजे सम्म कायम रहने गरी निषेधाज्ञा पुन ः जारी गरिएको छ ।’
यो आदेशको पालना गर्न सबै पक्षको कर्तव्य भएको उल्लेख गर्दै आदेशको उलंघन गरेमा प्रचलित कानुन अनुसार कारवाही हुने आदेशमा भनिएको छ ।