माओवादी केन्द्र सिन्धुपाल्चोकको बिस्तारित बैठक सुरु

चैत्र ६, चौतारा (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला कमिटि सिन्धुपाल्चोकको बिस्तारित बैठक सुरु भएको छ ।
पार्टीको विस्तारित बैठक आज सहिद स्मृति भवन चौतारमा केन्द्रीय नेताहरुको उपस्थितिमा सुरु भएको हो । सर्वोच्च अदालतको फैसला पश्चात नेकपा साविकको अवस्थामा फर्किएसंगै माओवादी केन्द्रको केन्द्रीय वैठक पछि पहिलो पटक सिन्धुपाल्चोक जिल्ला कमिटिको विस्तारित बैठक बसेको हो ।

उक्त वैठकमा पार्टीका बागमति प्रदेश ईन्चार्ज हितमान शाक्य, बागमति प्रदेशका अध्यक्ष नारायण दाहाल, पार्टीका केन्द्रीय सदस्य कुष्णप्रसाद सापकोटा, माधव सापकोटा, युवराज दुलाल, चन्द्रबहादुर थापा लगाएत नेताहरुको उपस्थिति रहेको थियो । बैठकमा जेष्ठ नागरिक मञ्च, सल्लाकार परिषद लगाएत दुईसय भन्दा माथि जिल्ला कमिटि तथा आमन्त्रित सदस्यहरु सहभागी भएको जिल्ला सचिव गोविन्द पराजुली ‘अविनाश’ले सिन्धुज्वालालाई जानकारी दिए ।

उनका अनुसार १२ बजे सुरु भएको उक्त बैठकमा जिल्लाका १२ वटा पालिकाबाट पार्टीका ईन्चार्ज, सहईन्चार्ज, अध्यक्ष तथा सचिव मध्ये एकजनाले पछिल्लो अवस्थाको बारेमा रिर्पोट राखेका थिए । रिपोर्ट राख्ने अधिकांशले नेकपा एकता भंगभएपछि साविकको अवस्थामा फर्किदा कार्यकर्तामा निराश छाएको रिर्पोट प्रस्तुत गरेका थिए । पुराना तथा ईमान्दार कार्याकर्ताहरुलाई समेटेर पार्टीलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने धारणा राखेका थिए । वैकमा रिपोर्ट राख्ने अधिकांशले रिपोर्ट राख्ने समय अपुग भएको भन्दै छलफलको लागि थप समयको माग समेत राखेका थिए ।

कार्याकर्ताको रिर्पोटिङ सकिएसंगै केन्द्रीय नेताहरुले वर्तमान अवस्था र पार्टीको रणनैतिक योजनाको बारेमा धारणा राखेसंगै क्रमागत रुपमा एजेण्डामा छलफल गरेर महत्वपूर्ण निर्ण गरिने सो पार्टीले जनाएको छ ।
यस्ता छन् एजेण्डा
१, रिर्पोटिङ
२) सर्कुलर बाचन
३) रिर्पोटको संश्लेषण तथा भाव सम्प्रेसण
४, आगमी काम बारे
क) स्थानीय तह कमिटि बैठक
ख) वडा बैठक
ग) पार्टी सदस्यता अध्यावधिक
घ) कार्यालय सञ्चालन तथा व्यवस्थापन
ङ) सेल कमिटि गठन
च) ज.ब.स मोर्चाको भेला÷सम्मेलन
६) आर्थिक
क) लेबी सम्बन्धमा
७) क) अनुशासनको कारबाही सम्बन्धमा