
किसानको शारथी बन्दै शिल्क गु्रप, चीनबाट रासायनिक मल भित्र्याईदै

फागुन २१, तातोपानी । चाईना नेपाल व्यापार व्यवसायमा ख्याति कमाएको शिल्क गु्रपले चीनबाट रासायनि मल ल्याउने भएको छ । किसानले रासायनिक मल नपाएर हैरानी खेपेको अवस्थामा शिल्कग्रुपले रासायनिक मल ल्याउन लागेको हो । चीनसंग जोडिएको उत्तरी नाका तातोपानीबाट पहिलो चरणमा चारहजार मेट्रिकटन रासायनिक मल ल्याउन लागिएको शल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले सिन्धुज्वालालाई बताए । उनका अनुसार शिल्कले मल खरिदको लागि डेड वर्ष अघि देखि चाईनाबाट मल ल्याउन पहल गरेपनि बिहिबार मात्रै सफलता मिलेको हो । मल आयात गर्नको लागि शिल्कले साल्टट्रेडिङसंग खरिद सम्झौता गरेर नेपाल सरकारको अनुमति पाएसंगै मल खरिदका लागि प्रक्रिया अगाडी बढाएको हो । चाईनाको सिन्हाई प्रान्तबाट ल्याईएको उक्त मल नेपालको आवश्यकताका आधारमा निरन्तरता दिने उनले बताए । ‘बार्षिक एक देखी डेडलाख ट्रन मल ल्याउने योजना बनाएका छौं’, अध्यक्ष शेर्पाले भने । उनका अनुसार शिल्क कम्पनीले रासायनिक मल तातोपानी नाकाबाट भित्र्याएसंगै लार्चा स्थित सुख्खा बन्दरगाहमा राखिने र पत्रकार सम्मेलन मार्फत जानकारी गराईने योजना रहेको छ । शिल्कका मुख्य व्यवस्थापक विजय शेर्पाका अनुसार सो नाका हुँदै शनिबार र आईतबार गरी दुई लडमा रासायनिक मल ल्याउन लागिएको हो । ‘शनिबार र आईतबार ल्याउने भनेका छौं तर एकदुईदिन तलमाथि हुन सक्छ’, शेर्पाले भने । रासायनिक मल भने सिधै शाल्टट्रेडिङ कर्पोरेशनमा पु¥याईने उनले बताए । त्यसपछि मात्रै किसानले प्राप्त गर्नेछन् ।
शिल्क ग्रुपले ४ हजार मेट्रिकटन रासायनिक मल ल्याउन लागिएको तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । मल आएपछि जाँचपासको आवश्यक प्रक्रिया पुरा गरेर पठाईने उनले बताए ।
नेपालको लागि रासायनिक मल खरिद चीनसंग उत्तरी नाका हुँदै ल्याउन लागिएको सम्भवत यो पहिलो घटना हो । नेपालमा एक वर्ष देखि मलको हाहाकार हुँदै आएको छ । किसानको समस्यालाई ध्यान दिएर चीनबाट रासायनिक मल खरिद प्रक्रिया थालिएको शिल्का अध्यक्ष शेर्पाको कथन छ । एक वर्ष देखि मल खरिदका लागि नेपाल सरकारले कुनै पहल नगरेको भन्दै चौतर्फी आलोचना भएको छ । यस अघि कृषि सामग्री कम्पनीले ०७६÷७७ मा ३ लाख ४ हजार ५ सय मेट्रिक टन मल आयात गर्न ७ कम्पनीलाई अनुमति दिएको थियो । त्यसमा कम्पनीले करिब साढे २ लाख टन मात्रै आयात गर्न सक्यो । सस्तोमा टेन्डर कबोल गरी ठेक्का हात पारेका शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले मल आयात नै गरेनन् । यी दुई कम्पनीसँग २५÷२५ हजार टन मल आयात गर्न सम्झौता भएको थियो ।
दुवै कम्पनीले ठेक्का सम्झौताअनुसार गत साउन १० मा पहिलो लट र भदौ २० भित्र सबै परिमाणमा मल ल्याइसक्नुपर्ने थियो । तर समयसीमाभित्र दुवै कम्पनीले मल आयात गर्न सकेनन् । आयात ढिलाइ भइरहँदा बजारमा चरम अभाव देखिएको थियो । मल अभावको चर्को आलोचना भएपछि कृषि कम्पनीले खरिद र आयात सन्दर्भमा यी दुवै कम्पनीलाई पत्रसमेत पठाएको थियो । तर दुवै कम्पनीले मल आयातको अवस्थाबारे जानकारीसमेत गराएनन् । कोभिड–१९ को संक्रमणको कारण तिनलाई थप बाहाना भएको जानकारहरूको भनाइ छ ।
०७६÷७७ को कोटाअनुसार आयात गर्न नसकेको यी कम्पनीलाई ०७७÷७८ का लागि थप ५५ हजार मेट्रिक टन मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । तर यि दुई कम्पनीले कुनै चासो नदेखाउँदा अहिले सम्म किसानले मल पाउन सेकेका छैनन् । मल आयात नगर्दा बजारमा चर्को अभाव देखिएको छ ।
सरकारले मलमा अनुदानको व्यवस्था गरेपनि किसानले एक वर्ष देखि मल पाउन सकेका छैनन् । जसको कारण उत्पादनमा समेत ठूलो गिरावट आएको छ । युरिया मल प्रतिकिलो १४ रुपैयाँ र डीएपी ४६ रुपैयाँमा किसानले खरिद गर्न पाउने गरी मूल्य तोकिएको छ । अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले आयात गरिरहेका छन । कृषिले ७० र साल्टले ३० प्रतिशत परिमाणमा आयात गर्दै आएका छन । यी दुई कम्पनीले पनि अर्को आपूर्तिकर्ता तोकेर ठेक्का दिने गरेका छन ।
मन्त्रालयका अनुसार बर्सेनि मल करिब साढे ७ लाखदेखि ८ लाख मेट्रिक टन आवश्यक पर्छ । रोपाइँको क्षेत्रफलका आधारमा माग ८ लाख टनसम्म भए पनि साढे ५ लाख टन मात्रै आयात भए पर्याप्त हुन्छ । तर, औसतमा साढे ३ लाख मेट्रिन टनभन्दा आयात हुन सकेको छैन । जसले गर्दा बर्सेनि मलको हाहाकार भइरहेको छ । मल खरिद गर्नकै लागि यो वर्ष ११ अर्ब बजेट विनियोजन भएको छ । रकम हरेक वर्ष बढे पनि किसानले मल भने सहजै पाउन नसकेको अवस्थामा शिल्क ग्रुपले ल्याउन पहल थालेको हो । ग्रुपले चीनबाट ल्याउन लागिएको रासायनिक मल प्रयाप्त नभएपनि किसानलाई भने निकै राहत पुग्ने अनुमान गरिएको छ ।