क्रसर विरूद्घ भिमटारका कृषकहरु आनदोलित
मंसिर ४, भिमटार (सिन्धुपाल्चोक )।
जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का कृषकहरु आन्दोलनमा उत्रिएका छन् ।
जलदेवि क्रसर उद्योग व्यवसायीले जग्गा भाडामा एकरुपता नगरेको भन्दै अधिकारीटारका कृषकहरु आन्दोलनमा उत्रिएका हुन्।
क्रसर संचालन गर्ने क्रममा जग्गाको भाडा रोपनीको सात हजारमा सहमति भएको र बर्सेनि पाँच प्रतिशतको दरले बढ्न पर्नेमा यसो नभएको स्थानीय किसान साधुराम अधिकारीले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार क्रसर संचालनमा मुख्य भुमिका नेत्र अधिकारी ,पुण्य अधिकारीको हो । ´उनिहरु सँगको सहमतिमा हामीले जग्गा दिएका हौ`,साधुरामले भने । उनका अनसार जग्गा दिने क्रममा बर्षमा रोपनीको सात हजार दिने र बर्सेनि पाँच प्रतिशतको दरले बढ्दै जाने सहमति भएको थियो । साथै तल्लो क्रसर र माथिल्लाे क्रसरमा चलेको रेटमानै पछिल्लो समयमा भुक्तानी गरिदिने मौखिक सहमति भएको थियोे तर यसो नभएको अधिकारीको भनाइ छ। क्रसर व्यवसायीलाई जग्गा भाडामा दिदै गर्दा भोक चलन गर्दै आएको पुर्जाको र एेेेेेलानी जग्गाको नापि अनुसार भाडा दिने सहमति भएकोमा पुर्जामा भएको जग्गाको मात्र भाडा पाएको र एेलानि जग्गाको नपाएको जग्गा हराउने सम्भावना देखिएको राजकुमार अधिकारीले बताए ।
उनका अनुसार क्रसर व्यवसायीले सबै जग्गा धनीहरुको भाडामा एकरुपता गर्नु पर्ने थियाे । भोकचलन गर्दै आएको अैलानि जग्गाको भाडा पनि दिनुपर्नेे थियाे ।
कृषहरुको माग जस्तो छ त्यस्तै सम्बन्धि निकायमा पुर्याउने प्रतिबद्धता जलदेवि क्रसर उद्योग व्यवसायीका प्रतिनिधि अनिल जोशीले बताए ।
आफुले एक्कासी निर्णय गर्न नसक्ने भएकोले मङ्सिर महिना भरिमा किसानहरूको माग सम्बोधन हुने जोसिले बताए ।