नागपुजे पहिरोमा एकजानको शब भेटियो, १४ वेपत्ता

बाह्रबिसे । बाह्रबिसे नगरपालिका वडा नम्बर ७ नागपुजेमा गएराति आएको भिषण पहिरोमा १५ जना पुरिएका छन् । पुरिएका मध्य एकजनाको शब फेला पारिएको स्थानीय बजिरसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार भिरखर्कमा ३ जना पहिरोमा परेका छन् । साविकको घुम्थाङ गाविसमा पर्ने नागपुजेमा ठूलो बस्ती भएपनि ९ घर रहेको एउटा टोल पहिरोमा परेको हो । पहिरोमा पुरिएकाहरुको अहिले प्रहरी, स्थानीय लगाएतले खोजीकार्य जारी रहेको उनले बताए ।