
सिन्धुपाल्चोकमा निषेधाज्ञा भदौ २४ गते सम्म थपियाे, जिल्ला भित्रन निषेध

भदाै १८, चाैतारा (सिन्धुपाल्चाेक) । सिन्धुपाल्चोक जिल्लामा भदाै २४ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएकाे छ ।
पछिल्लाे समय काेरोना संक्रमण झनैै बढेकाे भन्दै जिल्लामा भदाै १ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ । हिजाे बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले भदौ २४ गते राति सम्मका लागि जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय भएकाे प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।
उनका अनुसार यसअघि कोरोनाको जोखिम बढेको भन्दै ३ दिन निषेधाज्ञा थप गर्ने निर्णयगरिएको थियो । त्यसको समयसीमा हिजाे सकिएकाे हाे । तर कोरोना संक्रमण जोखिम अझै रहेको भन्दैे जिल्लामा निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । कोरोनाको कारण हाल सम्म ३ जनाको मृत्यु भइसकेको छ भने १०३ जना सङक्रमित पुगेका छन् । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ । जिल्लाका केही स्थानीयतहमा समेत कोभिड –१९ का सङ्क्रमित देखिएकाले संक्रमण फैलिन नदिन र नियन्त्रणलाईप्रभावकारी बनाउनका लागि जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार बैंकले जिल्ल्ला प्रवेषमा पनि कडाइ गरिने बैठकले निर्णय गरेको छ । बैठकले जिल्ला भित्रन निषेध गरिने निर्णय समेत गरेको छ । ‘जिल्ला प्रवेशविन्दूमा प्रवेश निषेध गर्ने निर्णय गरेका छौं’, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने,‘अति आवश्यक कामको लागि प्रवेश गराउनुपर्ने भएमा सम्बन्धित पालिकारवडाको लिखितपत्र पछि मात्र छिर्न दिने निर्णय भएको छ ।’ लिखितपत्र पछि पनि सम्बन्धित वडा अध्यक्षको जिम्मामा क्वारेन्टाईनमा राख्ने गरी प्रहरीलाई बुझाउनुपर्ने छ ।