लकडाउन यता सिन्धुपाल्चोकमा ४९ ले गरे आतहत्या

७ साउन, चौतारा (सिन्धुपाल्चोक) । कोरोना भाईरस अर्थात कोभिड–१९ कारण मुलुकभर लकडाउन रहेको अवस्थामा आत्महत्या गर्नेको संख्या बढेको छ ।
जसअन्र्तगत तीन महिनाको बीचमा मात्रै सिन्धुपाल्चोकमा ४९ जनाले आत्यहत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्कमा उल्लेख छ । यो चैत्र ११ गते आउँदो आर्थिक वर्ष साउन मंगलबार सम्मको तथ्याङ्क हो ।
आत्महत्या गर्नेमा प्रायजसो पुरुषको संख्या ज्यादै रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्क अनुसार मृतक पुरुषको संख्या २७ रहेको छ भने मृतक महिलाको संख्या १९ रहेको छ । त्यसैगरी मृतक बालको संख्या २ र मृतक बालिकाको संख्या १ रहेको छ । १६ बर्ष भन्दा मुनीका ३, १६ देखि २५ बर्ष सम्मका १२, २६ वर्ष देखि ३५ बर्ष १५ रहेका छन् । यस्तै ३६ वर्ष देखि ४५ बर्ष सम्मका ९, ४६ वर्ष देखि ६० बर्ष ८ र ६० बर्ष माथीका २ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमध्य क्षेत्रीबाहुन २२, जनजाती २३ र दलित ४ जना रहेको कार्यालयको तथ्याङ्का उल्लेख छ ।
माहामारीको बेला आत्महत्या गर्नुको मुख्य कारण घरायसी झैझगडा, मानसिक तनाव, गरिबी तथा आर्थिक समस्या हुने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । आत्महत्या न्युनिकरण गर्न जनचेतना र सहज वातावरण आवश्यक रहेको प्रनाउ काफ्लेको बताए ।