सिन्धुपाल्चोकमा उम्मेदवारको संख्या ११२९, पूर्ण विवरण आउन अझै ढिलाई

वैशाख १२, २०७९ सिन्धुज्वाला
चौतारा — स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्तामा गर्नेको सिन्धुपाल्चोकमा १ हजार १ सय २९ पुगेको छ ।
आइतबार र सोमबार दुई दिन भएको उम्मेदवारी दर्ताको तथ्यांक जिल्ला निर्वाचन आयोगले दिए अनुसार उक्त संख्या पुगेको हो । यद्यपि सोमबार राति १२ बजे सम्म पूर्णता पाउन सकेको छैन् ।

Candidate Nomination
पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा एक हजार एकसय २९ जनाले उम्मेदवारी दर्ता गरेको विवरण आयोगको प्रणालीमा प्रविष्ट भएको छ ।

आयोगले उम्मेदवारी दर्ताको पालिकागत विवरण उपलब्ध गराएको छ । प्राप्त भएअनुसार पालिकागत रुपमा सबैभन्दा बढी लिसंखुपाखर गाउँपालिकामा उम्मेदवारी परेको छ । लिसंखुपाखर गाउँपालिकामा १ सय ७६ रहेको छ । उम्मेदवारी दर्ता संख्या अनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा ४८, मेलम्ची नगरपालिकामा ९, त्रिपुरासुन्दरी गाउँपालिकामा १ सय २८ र पाँचपोखरी थाङपाल गाउँपालिकामा १ सय ३ ले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै भोटेकोशी गाउँपालिकामा १ सय ३४, बाह्रबिसे नगरपालिकामा एक सय ४५ रहेको छ । त्यस्तै बलेफी गाउँपालिकामा १०, सुनकोशी गाउँपालिकामा १ सय २८, हेलम्बु गाउँपालिकामा १ सय २४ र ईन्द्रावती गाउँपालिकामा १ सय २४ दर्ता भएको छ ।

जिल्लाभर नगर प्रमुख तथा अध्यक्षमा ६५, उपाध्यक्षमा ४७, वडाअध्यक्षमा २६१, खुल्ला सदस्यमा ४ सय १०, दलित महिला सदस्यमा १ सय ६४ र महिला सदस्यमा १ सय ८२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन आयोगका अनुसार पूर्ण विवरण भने मंगलबार बिहान मात्रै आउने छ ।