पहिरोमा हराएकाहरुको खोजी कार्य मुश्किल, प्रहरीद्वारा क्षतिको विवरण सार्वजनिक (नामसूची सहित)

२५ असार, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे तथा भोटेकोशी पहिरोमा पुरिएका नागरिकहरु अझै वेपत्ता छन् । गएराती खाएको पहिरोमा उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । निकै बाक्लो चट्टान सहितको लेदोले बस्ती नै पुरिएपछि पुरिएका नागरिकहरुको उद्वार गर्न कठिनायी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव काफ्लेले सिन्धुज्वालालाई बताए । ’हाम्रो खोजीकार्य निरन्तर जारी छ, थप जनशक्ति र मेशिन प्रयोग गरेर भोलीदेखि खोजीकार्यमा लाग्छौं‘, प्रनाउ काफ्लेले भने ।
उनका अनुसार ठाउँ–ठाउँमा बाटो अवरोधका कारण समयमै सुरक्षाकर्मी घटनास्थलमा पुग्न नसकेको हो ।

प्रतिकूल मौसमका बाबाजुद बाह्रबिसेको जम्बु र भोटेकोशीको बुलकोटे (बञ्जी नजिकै) बाट हेलिकोप्टर मार्फत घाइतेको उद्धार गरी काठमाडौंल्याई हेम्स हस्पिटलमा उपचार भईरहेको छ ।

यसैबीच प्रहरीले घटनाको विवरण सार्वजनिक गरेको छ । यस्तो छ विवरण–
मृतकहरु ः
निकेश बस्नेत वर्ष २४ र नियोन बस्नेत २ बर्ष
बेपत्ताहरु जम्बु तर्फ ः
१.भिम ब. वाइवा, ७२
२.चिनीमाया वाइवा, ७०
३ लिलामाया वाइवा, २९
४ पाशाङ डोल्मा वाइवा ८
५ निमा डोल्मा वाइवा २
६ लक्ष्मण वाइवा, २५
७ सुनमाला वाइवा, १३
८ जनक ब.थिङ, ५५
९ सबिना तमाङ, २८
१० आकास तमाङ ४
११ हिमेश शर्मा (हाईड्रोपावर सेक्युरिटी) ३५
१२ आकास केसी (इन्जिनियर जाईका) २४
१३ तोक बहादुर तमाङ ५७
१४. युक्त कु.तमाङ ५५
१५ सुवेस तमाङ २५
१६. माइली तमाङ ६५
१७ . सलिना तमाङ २२
१८. चिनिया नागरिक १
बुलकोटे नयापुलमा एकाघरका ४ जना,
निमा दोर्जे तमाङ ६२, मञ्जु तमाङ २८, साहिल तमाङ ७ र पाशाङ नोर्बु तमाङ ११
घाइते जम्बु तर्फ ः
सुवेस तमाङ साइला, बुट्टीमाया तमाङ, सबिना तमाङ बस्नेत
घाइते नयाँपुल तर्फ ः
फुर्वा तमाङ, पेमा तमाङ र उनको ७ दिनको छोरी
बार्हबिसे र भोटेकोशी गरी ३५ घर पूर्ण क्षति
यसैबीच निर्माणधिन मध्य भोटेकोशी हाइड्रोपावरको पावर हाउस डुबान र हाइड्रोमेकानीकल समान डुवान हुनको साथै ठूलो क्षति पुगेको छ ।