बागमती प्रदेशले पत्रकारकाे काेराेना बीमा गर्ने

चाैतारा (सिन्धुपाल्चोक ) । बागमती प्रदेशले कोभिड -१९ काे महामारीमा अग्रपंक्तिमा रहेर पत्रकारिता गरिरहेका पत्रकारको काेराेना बीमा गर्ने भएकाे छ । बागमती प्रदेशमा क्रियाशिल एक हजार पत्रकारको कोरोना बिमा गराउन लागेकाे बागमती प्रदेशका प्रेस रजिष्टार रेवती सापकाेटाले बताए । ´हामी बागमती प्रदेशका एकहजार पत्रकारको काेराेना बीमा गर्दैछौ`, प्रेस रजिष्टार सापकोटाले भने । उक्त काम तत्काल थालिने सापकोटाले बताए । उनले अग्रपंक्तिमा रहेका क्रियासिल पत्रकारको बीमा गरिने भएकाेले सचेत र सुरक्षित रुपमा आफनो काममा क्रियाशिल रहन समेत सञ्चारकर्मीहरूलाई अाग्रह गरेका छन् ।