जनप्रतिनिधि नै उत्रिए लकडाउन उलंघनमा, जिल्ला प्रशासन कार्यालयले थाल्यो कारवाहीको प्रक्रिया

बैशाख ५, चौतारा (सिन्धुपाल्चोक) । लकडाउनको समयलाई वेवास्ता गरी उलंघन गर्नेलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कारवाहीको प्रक्रिया सुरु गरेको जनाएको छ ।
कोराना संक्रमण नफैलियोस भनेर देशभरी लकडाउन गरिएको बेला त्यसलाई अवेज्ञा गर्ने जो सुकैलाई कारवाही गरिने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कडाई गरिरहँदा बुधबार तातोपानी नाकामा नाका खोल्न नहुने भन्दै स्थानीय जनप्रतिनिधिको संलग्नतामा संयौको संख्यामा भेला भएर नाराजुलुश गरेका थिए । जनप्रतिधिनै नाराजुलुशमा संलग्न भएको भिडियो समेत सामाजिक सञ्जालमा भाईरल भएको थियो । उक्त भिडियोमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष दिपेन्द्र कुमार संलग्न देखिएका छन् । उनकै नेतृत्वमा तातोपानी नाका खोल्न नहुने भन्दै नाराजुलुश भएको एक स्थानीयले सिन्धुज्वालालाई बताए ।
भन्सार प्रमुख लालबहादुर खत्रीलाई नै भन्सार सुचारु गरे गर्धन रेट्ने सम्मको धम्की दिएको भिडियो क्लिप्स छ । नेपाल सरकारले तातोपानी तथा केरुङ नाकाबाट चीन सरकारको सहयोगमा अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने तयारी भईरहेको बेला तातोपानी नाकामा स्थानीयले अवरोध पु¥याएका छन् । त्यसमा जनप्रतिनिधि नै संलग्न देखिएका छन् । सरकारले लगाएको नियमलाई उलंघन गर्ने जो सुकैलाई कारवाही गरिने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सिन्धुज्वालालाई बताए ।
‘हामीले निर्णय गरेर नै कारवाहीको प्रक्रिया थालिसकेका छौं’, प्रजिअ ढकालले भने । तातोपानी नाकामा भेला तथा हुलहुज्जत गरेर लकडाउन उलंघन गर्ने माथि कारवाहीको प्रक्रियाको लागि निदेर्शन भईसकिएकोले कारवाही प्रक्रिया सुरु गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्ज्वल मर्हजनले जानकारी दिए ।
उता भोटोकोशी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठले भने आफुले तातोपानी नाकामा भएको नाराजुलुशको नेतृत्व नगरेको सिन्धुज्वालाई बताए । ’नाराजुलको मैले नेतृत्व गरेको होईन बरु जनतालाई सम्झाई बुझाई गर्न त्याहाँ गएको हुँ’, वडाअध्यक्ष दिपेन्द्र श्रेष्ठले भने । लकडाउनकै पूर्ण पालाना गर्नुपर्ने पक्षमा आफु रहेको उनले प्रतिक्रिया दिए । एक्कासी स्थानीयलाई आंतकित हुने गरी नाका खोल्ने जिल्ला प्रशासन कार्यालयले गरेपछि समस्या उत्पन्न भएको उनले आरोप लगाए ।

यो पनि हेर्नुहोस
https://studio.youtube.com/video/BhNe_32T3U0/edit