सुकुटे महोत्सवको लागि प्रचण्ड आजै कार्यक्रम स्थल, प्रचण्डले गरे ¥याफ्टिङ

१६ असोज, सुकुटे (सिन्धुपाल्चोक) । भोली देखी सुरु हुने सुकुटे महोत्सवको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ’प्रचण्ड‘ आज नै सुकुटे पुगेका छन् ।

सुकुटे महोत्सव उद्घाटनका प्रमुख अतिथि रहेका प्रचण्ड आज दिउसो २ बजे कार्यक्रम स्थल सुकुटेमा पुगेका हुन् । भोली हुने कार्यक्रमको लागि प्रचण्ड आज नै सुकुटे पुगेको कार्यक्रमको आयोजक संस्था रहेको सिन्धु पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकका सचिव अन्जान खड्काले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष प्रचण्ड आजै ¥याफ्टिङमा सरिक भएका छन् । ३ बजे सुकुटेबाट सुरुवात भएको अध्यक्ष प्रचण्ड सहितको ¥याफ्टिङ टोली दोलालघाट पुगेको थियो । भोली हुने सुकुटे महोत्सवको उद्घाटन अघि ¥याफ्टिङ गरेर सुरुवात गर्ने भनिएपनि आजै प्रचण्ड ¥याफ्टिङमा सरिक भएको खड्काले बताए । आज बेलुका प्रचण्ड सुकुटे स्थित भोटेकोशी रिर्सोटमा रहने उनले जानकारी दिए ।