गुम्बाको पछिल्लो अवस्था योस्तो छ प्रारम्भिक रिपोर्ट, मौसमी रुघाखोकी, अनुसन्धानको लागि थप डाक्टरको टोली जाँदै

२९ माघ, चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको जुगल गाउँपालिकाको गुम्बागाउँमा भाइरल संक्रम भएपछि उत्पन्न तनाबमा केही सान्तवना मिलेको छ । डाक्टरहरुको प्रारम्भिक रिपोर्टले मानिसमा फैलिएको भनिएको कोरोना भाइरस नभई मौसमी रुघाखोकी मात्र भएको खुलेको छ ।
बाहिर हल्ला आएजस्तो कोराना भाईरसको सम्भावना नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले स्पष्ट पारे । ‘प्रारम्भिक अनुसन्धान हेर्दा मौसमी रुघाखोकी फैलिएको देखिन्छ’, जनस्वास्थ्य प्रमुख चापागाईले भने । विस्तृत रिपोर्ट भने आजै बेलुका पुग्ने डाक्टरको रिपोर्टबाट मात्र पुष्टि हुने उनले बताए । ‘प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट ल्याब टेक्निसिएन सहितको टोली जाँदैहुनुहुन्छ’, प्रमुख चापागाईले भने । उनका अनुसार आज दिउसो ४ बजे प्रदेशबाट खटिएका ल्याव टेक्नेसियन, चौतारा अस्पतालका डा. अमित प्रजापति, डा. स्वता लगाएतका डाक्टरको टोली गुम्बा प्रस्थान गरेका छन् । आज बेलुका गुम्बा पुगेपनि भोली विहान मात्रै विरामीको परिक्षण गरिने जनस्वास्थ्य प्रमुख चापागाईले जानकारी दिए ।
स्ममरण रहोस विरामीको उपचार तथा प्रारम्भिक अनुसन्धानको लागि गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठको पहलमा जलविरे स्वास्थ्य केन्द्रका कार्यरत हेल्थ असिस्टेन्टहरु विहान मात्र परिचलन गरी उपचार शुरु गरिएको थियो । हिजो मात्रै गाउँपालिकाले मन्त्रालयलाई सहयोगको लागि पत्राचार समेत गरको थियो । सो स्थानमा विगत तीन दिन देखि विरामीको संख्या २ सय नाघेको थियो ।