३ नम्बर प्रदेशसभाले कार्यविधी पास ग¥यो, राजधानी र नामाकरणमा प्रस्ताव पेश गर्न पाईने

२२, पुष हेटौंडा (मकानपुर) । ३ नम्बर प्रदेशसभाले राधधानी र नामाकरण सम्बन्धी कार्यविधि पास गरेको छ । उक्त कार्यविधि हिजोको बैठकले पास गरेको हो । लामो समय देखि विवाधित रहेको राजधानी र नामाकरण सम्वन्धी कार्यविधि पास हुन सकेको थिएन । सोमबार बसेको प्रदेशसभा बैठकको बहुमतले उक्त कार्यविधि पास गरेपछि राजधानी र नामाकरणका सन्दर्भमा प्रत्येक प्रदेश सांसदले आफ्नो प्रस्ताव पेश गर्न पाउने अधिकार सुनिश्चिता भएको ३ नम्बर प्रदेशसभाका सदस्य एवं अर्थविकास सभापति सरेश नेपालले सिन्धुज्वालालाई बताए । ’अब राजधानी र नामाकरण का सन्दर्भमा कार्यविधि पास भएपछि सबै सांसदले आ–आफ्नो प्रस्ताव पेश गर्न पाउनेछन् । उनका अनुसार उक्त प्रस्ताव सांसदहरुले पेश गरेपछि आगमी २३ गते हुने बैठकमा निर्णायर्थ प्रस्तुत हुनेछ । प्रदेशसभा पाँचौ बैठकले विगतमा पारित गरेका यसअघि पेश गरेका विधायेकका सूचिहरु पढेर सुनाईएको थियो । उक्त बैठकद्वारा राजधानी र नामाकरणको लागि गर्न प्रदेशसभाको पाँचौसभा बैठक हिजो बसेको हो ।

बैठकमा सहभागी सांसदहरुले बैठको सफलताको शुभकामना व्यक्त गरे थिए । बैठकमा मुख्यमन्त्री डोरमण पौडेलले यो अधिवेशन राजधानीको टुङ्गो गर्ने ऐतिहासिक अधिवेशन हुने बताए । त्यस्तै कांग्रेसका संसदीय दलका ईन्द्र बाँनियाले नेकपाको स्थायी समितिले राजधानी र नामाकरणका सन्दर्भमा निर्देशन गर्नु सरासर संघीयता र संविधान विरोधी कार्य भएको टिप्पणी गरे । हेटौंटा राजधानी राख्ने कुरा भएपनि नेकपाले गलत संस्कारको सुरुवात गरेको उनले आरोप लगाए । हेटौंडा राजधानी तोक्ने कुरा गलत भएको भनेर दलका नेताले बोलेपछि कांग्रेसकै अन्य सांसदहरुले भने आपत्ती जनाएका थिए ।
यसैबीच नेकपाको संसदीय दलको बैठक २३ गतेलाई बस्नेगरी स्थगन भएको छ । १८, १९ र २० दिन लगातार बसको बैठकले राधानी र नामाकरणका विषमा चर्कौ मतभेद भएपछि पार्टी सचिवालयमा ति कुराहरुलाई जानकारी गराउने भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय सदस्य र पदाधिकारीहरु बसेर राजधानीको बारेमा आएका असन्तुष्टी र सचिवालयले दिएको निर्देशनलाई कार्यन्वयन गर्ने सबालमा मतभेद उत्पन्न भएको हो । प्रदेशसभाका धेरै ठूलो संख्याले सचिवालयले दिएको निर्देशन नरुचाएको ति सदस्यको दावी छ । ’सचिवालयले यसरी निर्देशन दिईरहँदा खेरी बहुसंख्यक भुगोलका जनताहरु माथि अन्याए हुने र राजधानी सबैको केन्द्रको चाहना अनुसार नहुने भएको हुनाले यो निर्देशन लागु गर्न असमर्थ छौं भन्ने धेरैको आवाज आयो‘, ति नेताले भने । उक्त उत्पन्न परिस्थितिमा बारेमा के गर्न सकिन्छ भनेर छलफल गर्न भन्दै पार्टीका प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा मन्त्री शालिकराम जमकटेल र पशुपति चौलागाई लगाएतका नेताहरु जाने निर्णय भएको ३ नम्बर प्रदेश सदस्य तथा अर्थविकास सभापति सरेश नेपालले जानकारी दिए । उनका अनुसार उक्त टोलीले पार्टीका सचिवालयका नेताहरुलाई भेटेर राजधानी र नामाकरण बारेमा सचिवालयले दिएको निर्देशन उपर कार्यन्वयन गर्न केही जटिलता आयो भनेर अवगत गराउने छन् । त्यसपछि नेताहरुबाट के समझदारी हुन्छ त्यो प्रक्रिया बढाउने भनेर २३ गते ३ बजेका लागि पुनः बैठक बोलाईएको उनले बताए ।

कार्यविधि पास गरेको केन्द्रीय नेताहरु वार्तामा गएको सचिवालयका केन्द्रीय नेताहरुसंग छलफल गर्न काठमाडौं गएको ३ नम्बर प्रदेश सदस्य तथा अर्थविकास सभापति सरेश नेपालले जानकारी दिए । हेटौंडा राजधानी कायम गराउन पर्छ भन्दै प्रदेशसभाको वैठकलाई प्रभावित गर्न भनेर महिलाहरुलाई अगाडी लगाएर हेटौंटाका बासीले धर्ना दिएका थिए ।

यो पनि पढ्नुहोस
नेकपा सचिवालयको निर्णय विरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । प्रदेश ३ को नाम र राजधानीको विरोधमा सोमबार माइतिघर मण्डलामा प्रदर्शन भएको छ । नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्ने निर्णयको विरोध गर्दै विरोध प्रदर्शन भएको हो ।
विभिन्न जातीय संघसंस्थाले प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्ने भन्दै प्रदर्शन गरेमा उत्रिएका छन् । सोमबारदेखि प्रदेश ३ को प्रदेशसभा अधिवेशन सुरु हुन लागेकाले उनीहरुले प्रदर्शन गरेका हुन् ।
नेकपा सचिवालयले गरेको उक्त निर्णयको चौतर्फि विरोध भएको छ । नेकपाकै बहुमत सांसदले पनि हेटौंडा राजधानी स्वीकार गर्न नसकिने भन्दै विरोध जनाउँदै आएका छन् ।