पार्टीमा गुटबन्दी किन ?
बिबि रायमाभी ’अशोक‘
यतिबेला हाम्रो पार्टी नेकपाको स्थायी समितिको बैठक बसीरहेको छ । यसले बिगत वर्तमान र भविश्यको बारेमा विस्तृत छलफल बहस गरिरहेको छ । सपनालाई विपनामा दाज्न अथवा उद्देश्यलाई परिणाममूखी बनाउन विगतको गम्भिर समिक्षा सहित वर्तमानमा वैज्ञानिक कार्यदिशा बनाउन सो अनुसार नीति र कार्यक्रम बनाउन विगतका सिंहालोकन गर्दै अथवा एकताले पूर्णता पाउन नसकेको केन्द्रीय समित स्थानीय समिती सचिवालय लगाएत पार्टीको तल्लो तहसंग नियमित वैठक बस्न नसक्दा पार्टीको केन्द्र देखि स्थानीय तह सम्मका सदस्यहरुमा अनुसाशन हिनता, अरजकता र गुटबन्दी मौलाईरहेको, त्यसको प्रत्यक्ष असर जनता, कार्यकर्ता, विकास निर्माण र उपनिर्वाचनमा परेको विषमा गम्भिर छलफल बहस भईरहेको छ ।
पार्टी भनेको आफ्नो वर्गको विचारलाई निश्चित उद्देश्यमा पु¥याउनको निम्ति साझा विचारको एकिकृत अभिव्यक्ति हो । एउटै सपना एउटै लक्ष एउटै विचार बोकेको साधन नै पार्टी हो । पार्टी वर्ग संघर्षको साधन हो भने यसले बोकेको बिचार साध्य हो । यस अर्थ साधन र साध्य कार्यनीति र रणनीति, कार्यादिशा र कार्ययोजनाको अविभाज्य रुप नै पार्टी हो । अहिेले सम्म विश्व राजीति, अर्थव्यवस्था र संस्कृतिको विविध पाटा र पक्षलाई केलाएर हेर्ने हो भने कार्लमाक्र्सले प्रतिपादन गरेको शिद्वान्त नै वैज्ञानिक बस्तुवादी र समानतामा आधारित शिद्वान्त हो भन्ने पुष्टि भइृसकेको छ त्यस शैद्वान्तिक जगमा हाम्रो पार्टी नेकपा लाखांै कार्यकर्ता परिचालित भईरहेका छन् । कम्युनिष्ट पार्टी त्यतिकै बन्दैन नत कसैले दिएको उपहार हो यो । यो पार्टीमा आवद्व हुने मान्छेहरु न कसैको देखासेखीमा लागेका छन् । नत धार्मिक ग्रन्थहरुमा हातले छोएर कसम खाने मान्छेहरु नै हुन्छन् । यो त आफ्नो भन्ने सबै चिज गुमाएर हारे हथकडी जिते संसारको महान अविलाशाका साथ सर्वहारा वर्गको निम्ति मुक्ति वा मृत्युको कसम खाने लालयोद्वाहरु मात्र यस पार्टीको वास्तविक सदस्य हुन्छन् । यस सन्दर्भमा माक्र्स एङ्गेल्स भन्नुहुन्छ–’यदि भिन्दै वर्गका यस किसिमका मान्छेहरु सर्वहारा आन्दोलनमा सामेल हुन चाहान्छन् भने पहिलो सर्त यो हुनुपर्छकी उनीहरुले आफ्नो साथमा पूँजीवादी, निम्नपूँजीवादी पूर्वाग्रह लिएर नआउन र सर्वहारा दृष्टिकोणलाई सच्चा दिलले अंगिकार गरुन तर यहि पार्टीको नेतृत्व समेत यस प्रकारको मानिसहरुको हातमा यो या त्यो रुपमा पुग्दछ । भन्ने पार्टीको सिधा बन्ध्यकरण हुन्छ र त्यसमा सर्वहारा फुर्ति खत्तम हुन्छ ।
मलाई लाग्दछ यो कुनै प्रतिपादित नयाँ शिद्वान्त होईन् । कम्युनिष्ट पार्टीका हरेका सदस्यलाई यो विषयमा प्रशिक्षण दिनपर्ने आवश्यकता छैन् कण्ठै छ । तर पार्टीमा एउटै शिद्वान्त, एउटै विषय हुँदाहुँदै पनि किन गुटबन्दी मौलाई रहेको छ यतिबेला ? पार्टीभित्र देखिएको यो विषय सामन्य समस्या नभई गम्भिर समस्या हो । के एउटै पार्टीभित्र रणनीति एउटा तर कार्यनीति अर्कै हुन्छ ? त्यस्तै कार्यदिशा एउटा तर कार्ययोजना अर्कै हुन्छ ? पार्टी एउटै तर गुट अर्कैको बिल्ला भिर्ने कार्यकर्ता कम्युनिष्ट पार्टीको सदस्य बन्न सक्छ ?
आवश्यकता एउटा तर स्वतन्त्र अर्कै चाहने विश्लेषण एउटा तर संस्लेषण अर्कै गर्ने, शिद्वान्त एउटा आत्मसाथ गर्ने तर व्यवहार अर्कै गर्ने कार्यकर्ता कम्युनिष्ट सदस्य बन्न सक्छ ? अँह सक्दैन । त्यसोभए पार्टीभित्र गुटबन्दी किन मौलाईरहेको छ यो गम्भिर प्रश्न मात्र नभई कम्युनिष्ट पार्टीको निम्ति गम्भिर चुनौति पनि हो । गुटवन्दी कुनै महान वैज्ञानिकले अस्विकार गरेको सिद्वान्त होईन यो वर्ग संघर्षको क्रममा जन्मिरहने पार्टीभित्रको कचेरा हो । यसको जन्म आत्मकेन्द्रीत व्यक्तिवादबाट हुन्छर चरम महत्वकांक्षीको बाटो हुँदै जनघाती र राष्ट्रघाती कुकर्मको पराकाष्टमा गएर यसको देहवशान हुन्छ ।
व्यक्तिवाद र समाजवाद ठिक उल्टो धारमा बहन्छन् । व्यक्तिवादले आफ्नो वर्ग, शिद्वान्त, पदीय हैसियत सब बिर्सन्छ । दुःख, विश्वासघात, राष्ट्रघात, वार्गेनिङ, चाकडी, चाप्लुसी, घुर्की, धम्की उसका निम्ति नियमित जीवनशैली हुन्छ । ’पाए यहि पाईन्छ, नपाए जखनीको जन्त गईन्छ‘–उसको शिद्वान्त हुन्छ । यो गुटमा लाग्दा महिले ठेक्का पाउँछु, यो गुटमा लाग्दा मैले मन्त्री पद पाउँछु, यो गुटमा लाग्दा म राजदुत हुन्छु, यो गुटमा लाग्दा मन्त्रालयको मनग्य आर्थिक स्रोत भएको पद पाउँछु । यो गुटमा लाग्दा मेरो जागिर स्थायी हुन्छ, यो गुटमा लाग्दा पार्टीको राम्रो पद पाउँछु । यो गुटमा लाग्दा प्रशस्त पैसा कमाउन सकिन्छ, यो गुटमा लाग्दा मेरो भविश्य सुरक्षित र उज्ज्वल छ । यसरी म र मेरोले हामी र हाम्रोलाई जरैदेखि उखेलिदिन्छ । अनुशासित संसारको ठाउँमा अरजकता र विवेकहिन कुरुप संसार निर्माण गर्दछ । व्यक्तिवादले योग्यता क्षमता, निष्टा, आदर्श, ईमान्दारिता सबैलाई औचित्यहिन सावित गर्न कुनै कसरत गर्न बाँकी राख्दैन । गुटबन्दी यथास्थितिवादको साङ्लो हो । क्रान्ति र रुपान्तरणको विरोध हो । क्रान्तिकारी विचारको गला रेट्ने धारिलो हतियार हो । त्यसैले व्यक्तिगत स्वार्थ जति बलियो भयो त्यतिनै वर्गीय स्वार्थ कमजोर हुन्छ । पार्टी भित्रको गुटगत मानसिकता पनि त्यतिकै निस्कृय भईरहन्छ । पार्टी मजबुत र गतिवान हुन्छ । यसपालिको उपनिर्वाचनको सामन्य समिक्षा गर्दा मत परिणाम कम हुनुमा अनेकौं कारणहरु मध्ये गुटबन्दीको कारण पनि मुख्य देखियो । केही ठाउँहरु जस्तै सिराहाको कल्याणपुर नपा २, सिन्धुपाल्चोकको ईन्द्रावती गापा–८, आछामको मल्लेख गापा–५, रामेछाप उमाकुण्ड गाप–५, हुम्लाको खार्पुना गापा जस्ता स्थानहरु बाहेक अधिकांश स्थानहरुमा मत घटको छ । विगतको पार्टी एकता हुँदा समेत निर्वाचनमा एमाले र माओवादीको प्रतिश्पर्धा भएका ठाउँहरुमा यसपालिको निर्वाचनमा पराजय भोग्नु सामन्य कुरा होईन । दुई ठूला कम्युनिष्ट पार्टी एउटै हुँदाखेरी आफ्नै सरकार हुँदा हार्नु कम लज्जासपद विषय होईन । केही ठाउँमा पहिलाको भन्दा कम मत ल्याएर जितिएको छ । यसलाई विजय भन्दा पनि पराजय भन्दा केही फरक पर्दैन । सिट संख्या जितेर त्यसको दृघकालिन महत्व हुँदैन । मुख्य कुरा के हो भने जनसर्मथन घट्दै गएको छ । आफ्नो पार्टीको नेतृत्व हँुदा व्यापक जनतामा प्रभाव सकरात्मक प्रभाव जमाउनु साटो जनसर्थन गुमाउँदै जानु भनेको पार्टी जनता र राष्ट्रको लागि गम्भिर चुनौति हो । पार्टी भित्रको समस्या र त्यसको समाधान बाहिर खोजेर हुँदैन । पार्टीभित्रै खोज्नुहुन्छ । गुटबन्दीले आशा र विश्वासमा ठेस लगाउँछ, ईज्ज त र स्वाभिमानमा पहिरो लगाउँछ, गद्दारहरु हँसाउँछ, ईमान रुहाउँछ, विधि, पद्वति र अनुशासनका पर्खालहरु भत्काउँछ । आफ्नो पार्टी र वर्ग माथि विश्वासघात पैदा गर्दछ । त्यसैले पार्टी भित्रको किटाणुको रुपमा रहेको गुटवन्दी र यसका मतियारहरुलाई समयमै अप्रेशन गरेर पार्टीलाई अझ मजबुत र क्रियासिल बनाउन जरुरी छ ।