बाह्रबिसे नगालिकाले क्रिसमसको अवसरमा विदा दिने

बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले ईसाई धर्मावलम्बीहरुको चाड क्रिसमस–डे को अवसरमा एक दिने विदा दिने भएको छ । बुधबार हुनो ईसाईहरुको चाडलाई नगरपालिकाले विदा दिने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका मेयरनिमफुञ्जो शेर्पाले बताए । बाह्रबिसेको कवर्डहलमा आईतबार ईसाई समाजद्वारा क्रिसमस–डेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शेर्पाले सम्पूर्णलाई शुभकामना दिदैं सबै धर्महरुलाई समान गर्न क्रिसमस– डे मा नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको बताए । ’केन्द्रीय सरकारले विदा नदिए पनि बाह्रबिसे नगरपालिकाले विदा दिन्छ‘, उनले भने । आफुले नगरपालिका वडा नम्बर ३ रहेको चर्च भवनको लागि सहयोग गरेको बताउँदै कार्यक्रममा प्रमुख अतिथि रहेका मेयर शेर्पाले क्रिश्चयन जगतमा भएको अनुशासनलाई सबैले अनुसरण गर्नुपर्ने बताए । क्रिश्चयन धर्मअवलम्बीहरुको सकरात्मक कामलाई नगरले सधैं सहयोग गर्ने उनले बचन दिए ।
त्यस्तै कार्यक्रममा उपमेयर शुशिला पाख्रिनले संविधानमै देश बहुधार्मिकतामा आधारित धर्म निरपेक्ष मुलुक भएको हुनाले सबै धर्मलाई आ–आफ्नो चाड र संस्कार मनाउने स्वतन्त्रता रहेको बताईन । क्रिस्चयनहरुको समाधि स्थलको विषयमा समेत चिन्तन मनन गर्दै उपयुक्त समाधान निकाल्न पर्ने उनले धारणा राखिन । कार्यक्रममा चर्चका पास्टर रेम प्रा. रामुयलले बचन प्रचार गरेका थिए ।