घुम्थाङमा वर्थिङ सेन्टर भवनको शिल्यान्यास

घुम्थाङ (सिन्धुपाल्चोक), बाह्रबिसे नगरपालिका वडा नम्बर ७ अन्र्तगत घुम्थाङमा वर्थिङ सेन्टर भवन बन्ने भएको छ ।
केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय साझेदार संस्था टुकिसंघ सुनकोशीद्वारा आयोजना कार्यन्वयन गरिने उक्त परियोजना भ्याट सहित ३३ लाख लागतमा निर्माण गरिने भएको हो । उक्त भवनको सोमबार बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले शिल्यान्यास गरेका हुन् ।
भवन शिल्यान्यास पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शेर्पाले उक्त वर्थिङ सेन्टरले घुम्थाङका जनतालाई निकै राहत पुग्ने भन्दै भवन छिटो सक्न आग्रह गरे । ’भवन निर्माणको काम ख्याल ख्यालमा होईन साँच्चिकै ध्यान दिएर गर्नुपर्छ,‘ मेयर शेर्पाले भने ।

चारमहिनामै निर्माण सम्पन्न गरे निर्माण कम्पनीलाई बाह्रबिसे नगरपालिकाले सम्मान गरिने समेत उनले बताए । कुरा मात्रै ठूला गर्ने तर काम चाँही नगर्ने परिपाटीलाई अन्त्य गर्दै जनताको काममा विश्वासनियता र भरपर्दो बनाउन आफु लागि परेको उनले बताए । ’भवन बनाएर मात्र हुँदैन त्यसको व्यवस्थापन र शिस्टम राम्रो हुनपर्छ‘, मेयर शेर्पाले भने । वर्थिङ सेन्टरको लागि आवश्यक व्यवस्थापन नगरपालिकाले गर्ने समेत उनले बचन दिए । कार्यक्रममा टुकीसंघ सुनकोशीका कार्यक्रम प्रमुख ज्ञानेन्द्र पौडेलले बाह्रबिसे नगरपालिकाले वर्थिङसेन्टर निर्माणको लागि बाह्रबिसे नगरपालिकाले सडक निर्माण गरिदिएपछि भवन निर्माणको लागि सहजता मिलेको बताए ।

स्वास्थ्य कार्यालयको अनुमानित आँकडा अनुसार सो भेगमा वार्षिक एकसय भन्दा माथि गर्भवती महिला हुनेगरेकामा वर्थिङ सेन्टर भरपर्दो उपयोगी हुने उनले बताए । भवन निर्माण गर्ने गाउँकै निर्माण कम्पनी भएपछि काम राम्रो हुने वडा नम्बर ७ का वडाअध्यक्ष मिनबहादुर श्रेष्ठले विश्वास दिलाए । उक्त वर्थिङ सेन्टर निर्माण हुँदा शिशु तथा मातृ मृत्युदर समेत घट्ने उनले ठोकुवा गरे । गर्भवती हुँदा घरघरमै पुग्न पर्ने जटिलतालाई वर्थिङ सेन्टरले सहजता मिल्ने स्वास्थ्यचौकीका ईन्चार्ज युवराज दाहालले प्रतिक्रिया दिए । घुम्थाङको स्वास्थ्यचौकी भवनसंगै निर्माण गर्न लागिएको उक्त भवनको ठेक्का गोम्बुलुङ निर्माण सेवाले पाएको हो । ९ मंसिरबाटै जग खन्न सुरुवात गरिएको उक्त भवन चैत सम्म सक्ने लक्ष रहेको निर्माण कम्पनीका प्रोपाईटर लङ्कबीर तामाङले बताए । यसैबीच उक्त वर्थिङ सेन्टर संगै रहेको सरस्वती माध्यामिक विद्यालयमा छात्रा मैत्री शौचालय निर्माण हुने भएको छ । उक्त शौचालयको लागत ३ लाख ३६ हजार रहेको टुकीसंघ सुनकोशीका कार्यक्रम प्रमुख पौडेललले जानकारी दिए ।

नगरपालिकाका सबै वडामा वर्थिङ सेन्टर
सबै वडामा वर्थिङ सेन्टर पु¥याउने बाह्रबिसे नगरपालिकाकाको योजना अन्र्तगत अधिकांश वडामा वर्थिङ सेन्टर पुगेको नगरपालिका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए । उनका अनुसार ५ नम्बर वडा बाहेक सबै वडामा वर्थिङ सेन्टर बनेको छ । ’५ नम्बर वडामा जग्गाको कुरा मिलेको छैन् त्यो बाहेक सबैमा वर्थिङ सेन्टर छ’, मेयर शेर्पाले भने । बाँकी रहेको उक्त वडामा पनि केही समयमै निर्माण गरिने उनले बताए ।