छात्रालाई यौन दुर्वव्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

खाडीचौर । सुनकोशी गाउँपालिका ६ थुम्पाखरका शिक्षक राजु कुवँर विद्यालयकी एक छात्रालाई यौनदुर्वव्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । उनले आफ्ैले अध्यापन गराउने विद्यालय चामुना देवी आधरभुत विद्यालयमा अध्यानरत रहेकी एक छात्रालाई होमर्वक चेक गर्ने क्रममा विद्यार्थीको संवेदशिल अंगमा समाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनलाई जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ताको लागि प्रहरीले बिहीबार अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी माधव काफ्लेले जानकारी दिए । उनलाई बुधबार बेलुका समातिएपनि बिहिबार जिल्ला अदालत सिन्धुपाल्चोकमा म्याद थप गरिएको उनले बताए ।