खुला दिसामुक्त घोषणाको कस्तो छ तयारी ?

चौतारा । सिन्धुपाल्चोकललाई खुला दिसामुक्त जिल्ला घोषणा आज हुँदै छ । उक्त घोषणाको लागि खानेपानी मन्त्री बिना मगर आउने भएकी छिन् । सिन्धुपाल्चोक जिल्लालाई खुल्ला दिसामूक्त घोषणा गर्न सम्पूर्ण तयारी सकिएको डिवाससिसि संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । जिल्ला समन्वय समितिको प्राङ्ग्रणमा गरिने उक्त घोषणा कार्यक्रममा सबै पालिकाका जनप्रतिनिधि तथा स्थानीयको बाक्लो सहभागिता हुने जनाईएको छ । कार्यक्रममलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्ने गरी तयारी सम्पन्न गरेका छौं, जिल्ला समन्वय प्रमुख तामाङले भने । उनका अनुसार बिहिबार जिल्ला समन्वयको अगुवाई सदरमुकाम चौतारालाई सरसफाई गरेर चिटिक्क पारिएको छ । कार्यक्रम स्थल मञ्च लगाएतको तयारी सकिएको उनले बताए । कार्यक्रम हुनु अघि बाजागाजा र झाँकि सहित बजार परिक्रमा गराउने आयोजकले तयारी थालेको छ ।
पुनर्निमाणबाट ठडिएका प्रत्येक घरमा अनिवार्य शौचालय बनेपछि सिन्धुपाल्चोक खुला दिसामुक्त घोषणाको अन्तिम तयारीमा जुटेको हो । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) ले सिन्धुपाल्चोकलाई खुला दिसामुक्त क्षेत्र घोषणाको तयारीका लागि आवश्यक गृहकार्य अघि बढाएको थियो । ’भूकम्प पछि ७२ हजार घर निर्माण सम्पन्न भईसकेका कारणले आज जिल्लालाई खुलादिसामुक्त घोषणा गर्दैछौंं‘, जिल्ला समन्वय समितिका प्रमुख तामाङले भने । उनका अनुसार जिल्लामा भूकम्प पछि बनेका निजी आवास, सामुदायिक विद्यालय, सामुदायिक भवन स्वास्थ्य संस्था, सरकारी निकायका भवन साथै सार्वजनिक स्थलमा समेत शौचालय निर्माण भईसकेका छन् ।
स्ममरण रहोस जिल्लामा भूकम्प प्रभावित लाभग्राही संख्या ८८ हजार २ सय ७३ रहेको छ । जसमध्ये ८२ प्रतिशतको घर निमार्ण सकिएको जिल्ला पुनर्निर्माण प्राधिकरण कार्यान्वयन ईकाई सिन्धुपाल्चोकले जनाको छ ।