सुनकोशीद्वारा पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा

चैत्र १६ -२०८२), खाडीचौर । सुनकोशी गाउँपालिकाद्वारा पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणासभा सम्पन्न भएको छ । यस कार्यक्रमले सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य संरक्षण तथा समग्र पोषण सुधारमा स्थानीय तहको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ । वडा नं. ७ का वडा अध्यक्ष श्री ईश्वर तिमिल्सिना अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका […]
स्थानीय तहका सूचना प्रविधि अधिकृत प्राविधिक सहयोगी मात्र हैनन्

नारायण क्षेत्री नेपालको संविधान २०७२ ले स्थानीय तहलाई स्वायत्त र सशक्त संरचनाको रूपमा स्थापित गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ ले गाउँपालिका र नगरपालिकालाई प्रविधिको प्रयोग गरी सेवा प्रवाह गर्ने जिम्मेवारी प्रदान गर्दै गाउँपालिका तथा नगरपालिकाका काम, कर्तव्य र अधिकार बमोजिम प्रविधिको प्रयोगबाट सेवा प्रवाहलाई प्रभावकारी र जनमैत्री बनाउन पहल […]
१५ लाखको लोभमा ५० औ लाख गुमाउँदै स्थानीय सरकार

पर्यटकीय क्षेत्र घोषणा गरेको सुकुटेमा नदिजन्य पदार्थ उत्खनन चैत्र १३ -२०८२), सुकुटे । सिन्धुपाल्चोकको …सुकुटेÚ लाई गत साल चौतारा साँगाचोकगढी नगरपालिकाले पर्यटकीय क्षेत्र घोषणा ग¥यो । १५ बुँदे गुरुयोजनासहित तामझामका साथ पर्यटकीय क्षेत्र घोषणा गरेको नगरपालिकाले आफैंले गरेको निर्णयलाई उल्टाउँदै नदि उत्खनन निशेध गरिएको क्षेत्रमै उत्खनन थालेको छ । नगरपालिकाले टेण्डर आह्वान गरेर इन्द्ररत्न क्रसर […]
सिन्धुपाल्चाेकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ सम्बन्धि अभिमुखीकरण कार्यक्रम

सिन्धुपाल्चाेकमा ‘एक जिल्ला एक स्वस्थ शहर’ सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा ‘एक जिल्ला एक स्वस्थ शहर कार्यक्रम’ जिल्ला स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रममा साेमबार सम्पन्न भएकाे हाे । बागमतीको १३ जिल्लाका १३ स्थानीय तह अन्तर्गत सिन्धुपाल्चाेकमा मेलम्ची नगरपालिका छनौट भएकाे हो । जिल्ला समन्वय समिति सिन्धुपाल्चाेकका प्रमुख […]
चौतारा अस्पताल देशकै उकृष्ट हुन सफल

चैत्र ११ (२०८२), चाैतारा । सिन्धुपाल्चोक जिल्लाको प्रदेशिक चौतारा अस्पताल देशकै उत्कृष्ट हुन सफल भएकाे छ । न्यूनतम सेवा मापदण्ड कार्यान्वयन तथा क्लिनिकल अडीट मापन ‘ए’ लेभलमा ९६ अंक प्राप्त गरी नेपालकै उकृष्ट हुन सफल भएको हाे । वाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन प्रशासनिक व्यवस्थापनमा ९७ प्रतिशत, क्लिनिकल सेवा प्रवाहमा ९५ […]
मेलम्ची र घोराहीबीच अनुभव आदानप्रदान, न्यायिक समितिको कार्यप्रणाली मुख्य आकर्षण

चैत ११, मेलम्ची । लम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी तथा उपप्रमुख हुमा कुमारी डि.सी.बीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । भेटघाटका क्रममा विशेषगरी न्यायिक समितिको प्रभावकारी कार्यसम्पादनबारे विस्तृत छलफल गरिएको थियो । घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.ले न्यायिक समितिमार्फत सम्पन्न भएका उत्कृष्ट कार्यहरू, विवाद समाधानका सफल अभ्यासहरू […]
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा मेलम्चीका विभिन्न क्षेत्रको अनुगमन

चैत्र ४, मेलम्ची । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अगुवाईमा मेलम्चीका विभिन्न क्षेत्रको अनुगमन गरिएको छ । जसमा मेलम्ची नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, रेडियो मेलम्ची लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूबाट बुधबार मेलम्ची नगरपालिका भित्र संचालित पेट्रोल पम्प, ग्याँस डिपो, खाद्य वस्तु बिक्रेता लगायतका १९ वटा व्यवसायहरूको स्थलगत अनुगमन गरिएको […]
ठाडोखोला–कालढुङ्गा झोलुङ्गे पुल निर्माणले दुई वडालाई जोड्यो, जनतालाई सहज

चैत्र ४, थाङपालधाप । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ र ८ लाई जोड्ने ठाडोखोला–कालढुङ्गा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । नाम्लाङ खोलामा बनेको नब निर्मित पुलको बुधबार पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले उदघाटन गरेका हुन् । वडा नं. ८ का वडा अध्यक्ष विष्णुबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न वडाका […]
अब हेलम्बुमै भव्य अस्पताल, गाउँपालिकाद्वा १५ शैया अस्पताल निर्माण सम्पन्न

चैत्र १, किउल । पर्यटकीय क्षेत्र हेलम्बुमा भव्य अस्पताल निर्माण भएको छ । हेलम्बुवासीका लागि १५ शैया क्षमताको अस्पताल निर्माण सम्पन्न भएसंगै हेलम्बु क्षेत्रका बासिन्दाले सहज रुपमा स्वास्थ्यसेवा पाउने भएका छन् । दुर्गम भौगोलिक अवस्थाका कारण सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता झेल्दै आएका हेलम्बुवासीहरू अब आफ्नै क्षेत्रमा आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा […]