१५ लाखको लोभमा ५० औ लाख गुमाउँदै स्थानीय सरकार

पर्यटकीय क्षेत्र घोषणा गरेको सुकुटेमा नदिजन्य पदार्थ उत्खनन

चैत्र १३ -२०८२), सुकुटे । सिन्धुपाल्चोकको …सुकुटेÚ लाई गत साल चौतारा साँगाचोकगढी नगरपालिकाले पर्यटकीय क्षेत्र घोषणा ग¥यो । १५ बुँदे गुरुयोजनासहित तामझामका साथ पर्यटकीय क्षेत्र घोषणा गरेको नगरपालिकाले आफैंले गरेको निर्णयलाई उल्टाउँदै नदि उत्खनन निशेध गरिएको क्षेत्रमै उत्खनन थालेको छ । नगरपालिकाले टेण्डर आह्वान गरेर इन्द्ररत्न क्रसर उद्योग प्रा.लीलाई पदार्थ रोडा, वालुवा सहितको नदिजन्य पदार्थ उत्खनन गर्न अनुमति दिएसंगै एकसाता देखि मेशिन लगाएर उत्खनन भइरहेको स्थानीयले बताएका छन् ।

पूर्वसभामुख अग्निप्रसाद सापकोटाद्वारा गुरुयोजनासहित दिशानिर्देश गर्ने १५ बुँदे पत्र पढेर उदघाटन गरिएको सो क्षेत्रमा पर्यापर्यटकीय वातावरण बनाउन नदि उत्खनन नगरिने प्रतिवद्वता गरिएको थियो । एकबर्ष अघि आफुले गरेको वाचा र प्रतिवद्वतालाई नगरपालिका आफैंले तोडेको छ ।
नगरपालिकाले सुकुटे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले २०७६ फागुनमा सम्पन्न प्रथम सुकुटे महोत्सव, पर्यटन व्यवसायीसँग नगरपालिकाको छलफल, सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको संयोजनमा २०८१ सालमा भएको राष्ट्रिय बिच भलिबल प्रतियोगिता गरिएको थियो । पर्यटकीय क्षेत्र मानिएको सोही क्षेत्र …सुकुटेÚ को बीच भागमा पर्ने सालको बोट स्थित बगरमा स्कारभेटर, टिपर मार्फत उत्खनन गरिएको स्थानीयले बताएका छन् ।

ताकी त्यतिबेला नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली अभियानसहित जैविक विविधता तथा पर्यावरण संरक्षण गरिने, निश्चित क्षेत्रलाई ¥याफ्टिङ जोनका रूपमा विकास गरी नदीजन्य उत्खननलाई वैज्ञानिक व्यवस्थापन गरिने तथा सुकुटे क्षेत्रलाई जलबिहारको हब बनाउने लगायत उद्देश्य घोषणापत्रमा उल्लेख गरिएको थियो ।

त्यसैगरी, होटल, रिसोर्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसायलाई दिगो रूपमा सञ्चालन गर्न नीति निर्माण गरी स्थानीय तहमार्फत नियमन गर्ने, सुकुटे क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्न आगामी नगरसभाबाट कानुन निर्माण गरी सुकुटे पर्यटन विकास समिति गठन गरी उक्त समितिलाई पर्यटन शुल्क उठाउने र त्यसलाई सुकुटेको पर्यटकीय पूर्वाधार विकासमा खर्च गर्न पाउने गरी व्यवस्था गरिने जनाएको थियो ।

प्रत्येक वर्ष नगरपालिकाले बजेट विनियोजन गरी सुकुटे क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गर्ने, सुकुटेमा कृषि सङ्कलन केन्द्र निर्माण गरी र आसपासका क्षेत्रका कृषिजन्य वस्तु सङ्कलन गरी सिन्धु सुकुटे पर्यटन व्यवसायी सङ्घको समन्वयमा सुकुटे क्षेत्रका होटल तथा रिसोर्टमा खपत गराइने समेत घोषणामा उल्लेख गरिएको थियो ।

नगरपालिकासंग गरिएको सम्झौता अनुसार सुकटे करिडोरमा सञ्चालित रहेका सबै रिसोर्टहरुले स्थानीय सरकारलाई प्रति पाहुना १०० को दरले अनुमानित ५० लाख भन्दा माथि बार्षिक कर बुझाउँदै आएका छन् । जबकी दहत्तरबत्तर मार्फत उत्खनन गरिएको क्षेत्रमा जम्मा १५ लाख मात्र राजश्व संकलन हुन्छ । नगरको गलत निर्णयका कारण पालिकाले १५ लाखको लोभमा ५० लाख गुमाउने अवस्था आउने एक रिसोर्ट व्यवसायीले सिन्धुज्वालालाई प्रतिक्रिया दिए । सुकुटे करिडोर क्षेत्रमा मेशिन मार्फत नदि उत्खनन गर्दा वातावरणीय प्रर्दुशन बढ्न गई ¥याफ्टिङ तथा रिसोर्टमा घुम्ने आउने पर्यटक घट्न सक्ने पर्यटन व्यवसायीहरुको दावी छ । नदि उत्खनन भएको विषयलाई सिन्धु सुकुटे पर्यटन व्यवसायीले शनिबार वैठक ढाकेर नगरसंग गम्भिरतापूर्वक छलफल गरिने सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले जानकारी दिए ।

पर्यटकीय क्षेत्र सुकुटेमा नदि उत्खनन भएको सन्दर्भमा बुझ्न नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत संग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । नगर उपप्रमुख सीता थापाले भने आफुलाई उक्त विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिईन । नगरको पछिल्लो कदमले सो क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरु चिढिएका छन् ।

इन्द्ररत्न क्रसर उद्योग प्रा.लिले उत्खनन गर्न पाएको क्षेत्रअधिकार सिनकोशी नदिको चेहेरे बगर, घुमाउने बुढाबुढी बगर र सालको बोट बगर अन्र्तगत १ किलोमिटर क्षेत्रमा स्काभेटर चलाउने अनुमति दिईएको छ । ताकी ति ठाउँहरुमा यस अघि स्थानीय मजदुरले साबेल मार्फत वालुवा उत्खनन गर्दै आएका थिए । आफुहरुको रोजीरोटी समेत खोसिएको भन्दै त्याहाँका मजदुरहरु समेत चिढिएका छन् ।