पाँचपोखरी लगातार तेस्रो जितसँगै समूह विजेताका रूपमा सेमिफाइनलमा

जेठ ३०, थाङपालधाप । कप्तान सार्थक धितालको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा पाँचपोखरी क्रिकेट क्लबले आठौं पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्दै समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शनिबार तल्लो मुलपानी क्रिकेट मैदानमा भएको चौथो दिनको एकमात्र खेलमा पाँचपोखरी क्रिकेट क्लबले चौतारा साँगाचोकगढी नगरपालिकालाई ७६ रनले पराजित […]
पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा हेलम्बु गाउँपालिका र पाँचपोखरी हिमालयन क्रिकेट क्लब विजयी

जेठ २८, थाङपालधाप । पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आठौं संस्करणमा हेलम्बु गाउँपालिका र पाँचपोखरी हिमालयन क्रिकेट क्लब विजयी भएका छन् । विहीबार तल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हेलम्बुले ठूलो जित दर्ता गर्दा पाँचपोखरी हिमालयनले पनि प्रभावशाली प्रदर्शन गर्यो । अर्को खेलमा हेलम्बु गाउँपालिकाले थाङपाल भ्याली माध्यमिक विद्यालयलाई २४४ रनको विशाल अन्तरले पराजित […]
त्रिपुरासुन्दरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

जेठ २८, पिस्कर । त्रिपुरासुन्दरी गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै खोप कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रम गाँउपालिका अध्यक्ष भक्त ध्वज बोहराको अध्यक्षता , गाँउपालिका उपाध्यक्ष गिता कुमारी नेपालको आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, निसान […]
आठौं पाँचपोखरी टी–२० मा हेलम्बु र पाँचपोखरीको विजयी सुरुवात

सिन्धुपाल्चोकको प्रतिष्ठित पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आठौं संस्करण मंगलबार तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ । उद्घाटनको दिन हेलम्बु गाउँपालिका र पाँचपोखरी क्रिकेट क्लबले विजयी सुरुवात गरेका छन् । पाँचपोखरी क्रिकेट क्लबले थाङपाल भ्याली माध्यमिक विद्यालयमाथि एकतर्फी जित निकाल्यो । पहिले ब्याटिङ गरेको थाङपाल भ्याली १५.५ ओभरमा ६२ रनमा समेटियो । टोलीका […]
हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषण

जेठ २६ गते हेलम्बु । हेलम्बु गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका सामाजिक विकास समिति संयोजक छिरिङ लामाको अध्यक्षता रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत बेनीबहादुर मोक्तान प्रमुख अतिथि र वडा नं. २ का अध्यक्ष पेम्बा लामा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । स्वास्थ्य […]
प्रथम मुडे कविता महोत्सव २०८३ सम्पन्न, जीवन शर्मासँगै यसरी नाचे मुडेबासी

जेठ २६ मुडे । सिन्धुपाल्चोकको मुडे बजारमा आयोजित ‘प्रथम मुडे कविता महोत्सव’ २०८३ जेठ २५ गते भव्यताका साथ सम्पन्न भएको छ । स्थानीय कला, साहित्य र संस्कृतिको उत्थान तथा मुडेको आलु प्रवद्र्धन गर्ने उद्देश्यले सारथि अभियान नेपालको आयोजना र प्रगतिशील लेखक संघ (प्रलेस) को सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो । लिसङ्खुपाखर गाउँपालिका–५ मुडे बजारमा […]
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा अन्तरक्रिया सहित कार्यालय प्रमुखलाई स्वागत

जेठ २२, चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा चौतारामा अन्तरक्रिया सहित कार्यालय प्रमुखहरुलाई स्वागत कार्यक्रम गरेको छ । उद्योग वाणिज्य संघले उद्यमी, व्यवसायी र सरोकारवालहरुसंग व्यवसायीक अन्तरक्रिया गर्दै नवआगन्तुक सरकारी कार्यालयका प्रमुखहरुलाई स्वागत गरेको हो । कार्यक्रममा भर्खरै सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारीको रुपमा आइपुगेका शशिधर घिमिरे, सायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय […]
स्थानीय तहसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा

जेष्ठ २२, सिन्धुपाल्चोक — उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्थानीय तहहरूसँग उद्योग, वाणिज्य तथा उपभोक्ता सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ। गाउँपालिकाको कार्यपालिका बैठक हलमा आयोजित कार्यक्रममा कार्यालय र स्थानीय तहबीच समन्वय गरेर सञ्चालन गर्न सकिने कार्यक्रमहरू तथा कार्यालयले प्रदान गर्दै आएका सेवाबारे जानकारी आदानप्रदान गरिएको थियो। कार्यक्रममा उद्योग तथा वाणिज्य […]
बंगलादेशको यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवद्र्धनको सशक्त सेतु बन्न सफल

सिन्धुज्वाला २०८३ जेठ २१ बिहीबार काठमाडौं । एउटा छुटै ईतिहास बोकेको, नेपाल, नेपालको पर्यटकिय क्षेत्रहरु र साँस्कृतिक धरोहरालाई फोटोको माध्यमबाटै विश्वमा चिनाउन लागि परिरहेको राष्ट्रिय फोटो पत्रकार समूह नेपालका फोटो पत्रकारहरुले हालसालै बंगलादेशको भ्रमण सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकार टोली बंगलादेश फोटो जर्नालिस्ट्स एसोसिएसनको निमन्त्रणामा बंगलादेश प्रस्थान […]