सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा अन्तरक्रिया सहित कार्यालय प्रमुखलाई स्वागत
जेठ २२, चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघद्वारा चौतारामा अन्तरक्रिया सहित कार्यालय प्रमुखहरुलाई स्वागत कार्यक्रम गरेको छ ।

उद्योग वाणिज्य संघले उद्यमी, व्यवसायी र सरोकारवालहरुसंग व्यवसायीक अन्तरक्रिया गर्दै नवआगन्तुक सरकारी कार्यालयका प्रमुखहरुलाई स्वागत गरेको हो ।

कार्यक्रममा भर्खरै सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारीको रुपमा आइपुगेका शशिधर घिमिरे, सायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरिक्षक काजी कुमार आचार्य, सशस्त्र प्रहरी बल १६ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक हरिकृष्ण श्रेष्ठ लगाएतलाई सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले स्वागत गरेको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जिल्लामा शान्तिसुरक्षा, सुशासन, विकास र समृद्विको लागि सबै सरोकारवालाहरुको दायित्व भएको बताए । नेपालीहरुको आचारण र प्रस्तुतिको सन्र्दभ कोट्याउँदै प्रजिअ घिमिरेले भने, ‘हामीले अरुलाई यसो भएन, उसो भएन भनेर आलोचना त गरिरहन्छौ तर हामीले कति दायित्व पु¥यायौं भन्ने कुरा हेक्का राख्दैनौं ।’ सिन्धुपाल्चोकमा शान्तिसुरक्षा र सुशासनका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले कुनै कसर बाँकी नराख्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले राखेको शान्तीसुरक्षा लगाएतका सबालमा राखेको जिज्ञासाका सबालमा बोल्दै प्रजिअ घिमिरेले राज्यको अर्थतन्त्रको खम्बा उद्योगी व्यवसायी नै भएको बताए । उनले जिल्लामा हुने आवश्यक कार्यको लागि कुनै जटिलता उत्पन्न भए जिल्ला प्रशासनले आवश्यक कदम अगाढी बढाउने बताए ।
संघको शाखा कार्यालय चौतारामा भएको सम्पन्न कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, उद्योगी तथा व्यवसायी सहभागी थिए । व्यवसायी संरक्षणका सबालमा उद्योग वाणिज्य संघ सदैव अग्रपंत्तिमा रहेको सचिव तिर्थराज पौडेलले बताए । कुनै कठिनाई भएमा संघमा मौखिक तथा लिखित निवेदन गर्न समेत व्यवसायी तथा उद्योगीहरुलाई आग्रह गरे ।
संघका अध्यक्ष बुद्धराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका मानार्थ उपाध्यक्ष उजार सिंह तामाङ, कार्यससमति सदस्य सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापा, लगायत अन्य सदस्य, र साधारण सदस्यहरुको उपस्थिति थियो ।
सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष थापाले व्यवसायीहरुको सुरक्षाको चुनौति रहेको भन्दै सरकारले दोहोरो नीति नभई व्यवसायीहरुको दिगो विकासको लागि सहयोग गर्नुपर्ने धारणा राखे । संघका सदस्य कुमार थापाले स्वागत आगुन्तुकहरुलाई स्वागत गरेका थिए ।

