त्रिपुरासुन्दरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
जेठ २८, पिस्कर । त्रिपुरासुन्दरी गाउँपालिकाले पालिकास्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै खोप कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता गरेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रम गाँउपालिका अध्यक्ष भक्त ध्वज बोहराको अध्यक्षता , गाँउपालिका उपाध्यक्ष गिता कुमारी नेपालको आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपाली, जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, निसान सापकोटा वडा अध्यक्षहरु सिताराम थापा , रमेश राउत, शिव कुमार कार्की, टेक बहादुर गुभाजु, यादप श्रेष्ठ र रमेश बोहरा लगायतले शुभकामना मन्तव्य राखे ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा गाउँपालिका अध्यक्ष बोहरा तथा उपाध्यक्ष नेपालले खोप लगायत स्वास्थ्य क्षेत्रमा लगानि बढाउने । महिला स्वास्थ्य स्वंमसेवी लागयत स्वास्थ्यकर्मीको भूमिका अहम रहेको भन्दै आभार प्रकट गरे ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख चन्द्र नारायण साहले पूर्णखोप अभियानको प्रगति र उपलब्धिबारे जानकारी गराए ।

