[flyup_nepali_date]

जेलनेल र यातना भोगेका सापकोटा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार

पौष २३, काठमाडौं । १० बर्षे माओवादी जनयुद्वका क्रममा जेलनेल र यातना भोगेका पूर्व माओवादी योद्वा प्रेमप्रसाद सापकोटा ‘राजेन्द्र’ ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । हालै गठित नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका नेता सापकोटा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् । आधा […]

मेलम्चीमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम सुरु

देवराज सुवेदी पौष २१, मेलम्ची । मेलम्ची नगरपालिका र राइम्सको सहकार्यमा विपद् प्रतिकार्यका लागि चार दिने सामुदायिक पहल तालिम मेलम्चीमा आजबाट शुभारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, राइम्सकी देशीय प्रमुख पुजा शाक्य, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यक्रम संयोजक भोजराज घिमिरे लगायतले तालिमको उद्देश्य र […]

जनमुखी एजेन्डासहित निमा ग्याल्जेन शेर्पा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

पौष २१, काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनमुखी एजेन्डासहित कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । निःशुल्क शिक्षा र स्वास्थ्यलाई केन्द्रीय एजेन्डा बनाउँदै पार्टीको आधिकारिक तथा नियमित महाधिवेशनका लागि महामन्त्री पदमा आफ्नो उम्मेदवारी सामाजिक सञ्जाल मार्फत घोषणा गरेका हुन् । उक्त घोषणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै शेर्पाले […]

सरस्वती माविको ६३ औँ वार्षिकोत्सव तथा ३२ औँ अभिभावक भेला सम्पन्न

दिपक विक्रम देउजा पुष २०, ग्याल्थुम । हेलम्बु गाउँपालिका–४, ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा ३२ औँ अभिभावक भेला सम्पन्न भएको छ । वाग्मती प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री कृष्णकुमार तामाङ (समीर)को प्रमुख आतिथ्यता तथा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सिन्धुपाल्चोक […]

ठूलोसिरुवारी साना किसान कृषि सहकारीको ७ औँ वार्षिक साधारण सभा, अध्यक्षमा दाहाल

पौष २०, चौतारा । ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी १३ को ७ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनबाट कुल प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ । त्यस्तै दिपेन्द्र चौलागाईंको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति […]

हेलम्बुमा पाल्चोकी माइ कृषक हाट बजार “जैविक खेती पद्धतिको अनुशरण

पुष १९, पाल्चोक । स्थानीय उत्पादनको संरक्षण, प्रबद्र्धन र बजारीकरण” भन्ने मूल नाराका साथ पाल्चोकमा सुरु गरिएको छ । पाल्चोकी माइ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै हेलम्बु गाउँपालिका र मन्दिर व्यवस्थापन समितिको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आज शनिबारदेखि हाट बजारको सुरुवात गरिएको हो । […]

मित्रता संघको साधारण सभा सम्पन्न , अध्यक्षमा दोहोरिए तामाङ

चौतारा । बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षा, स्वास्थ्य र आपतकालिन उद्दारको काम गर्दै आएको मित्रता संघले १०औं अधिवेशन एवम् १५औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ जितपुरमा रहेको गोल्मादेवी माद्यमिक विद्यालयमा भएको संघको अधिवेशनबाट पुनः मंगले तामाङ निर्वाचित भएका छन् । अधिवेशनले तामाङको अध्यक्षतामा ११ […]

जागेस्वरी टार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चाैथाे साधारणसभा तथा अधिवेशन सम्पन्न

जागेस्वरी टार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मेलम्ची नगरपालिका–११ को चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष मनोरथ दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथि तथा नगर उपप्रमुख उमा प्रधान विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख […]

कृष्ण रत्नगंगा माविको ७९ औँ वार्षिकोत्सव सम्पन्न, समजसेवी, कलाकार, शिक्षक विद्यार्थीहरुलाई सम्मान

निर्मल बस्नेत (२०८२ पौष १९ ) चौतारा । कृष्ण रत्न गंगा माविको ७९ औँ बार्षिकउत्सव तथा ५१ औँ अविभाबक भेला भव्यताका सम्पन्न भएको छ । उक्त अवसरमा समाजसेवी, कलाकार, शिक्षक विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्वमन्त्री देखि कलाकार सम्म रहेका छन् । वार्षिकोत्सव समारोहका प्रमुख अतिथी प्रतिनिधी सभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले […]