सिन्धुपाल्चोकमा गत बर्षभन्दा प्रगति उच्च
निर्मल बस्नेत / चाैतारा
(२०७९ असार ३१)सिन्धुपाल्चोक जिल्लामा अहिले सम्मकै याे अा.व मा सवैभन्दा बढी मुद्दा दायर भएकन छन् । बर्षभरीमा दर्ता भएकाे १२ सय ५ मध्ये ७ सय ८ मुद्दा फर्च्याेट भएकाे छ ।
शुक्रबार जिल्ला अदालत सिन्धुपाल्चोकले संचारकर्मीहरुसंगकाे अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधीश चन्द्रकान्त तिवारीले यस्तो जानकारी गराएका हुन् ।
बार्षिक लक्ष्यमा ५८.७६ प्रतिशत हासिल गरेकाे छ । गत बर्ष ४१ प्रतिशत मात्र लक्ष्य हासिल भएकाे थियाे ।
अदालतले दिएकाे जानकारीमा सवैभन्दा बढी महिला सम्वन्धि मुद्दा रहेकाे छ । १२ सय ५ मध्ये ६ सय ४४ महिलाकै मुद्दा रहेका छन् । मेलमिलापमा पठाएको ७७ मध्ये २२ मात्र मेलमिलाप भएकाे थियाे भने ५५ वटा असफल भएकाे रेकर्ड छ । कैद जरिवाना सम्वन्धि लगल फर्च्याेटमा गत बर्ष १३० मध्ये ६७ फर्च्याेट र ६३ वाँकी रहेकाे थियाे । यस वर्ष १सय ३६ मध्ये ८० फर्च्याेट भए र ५६ वटा मात्रै बाकी रहेकाे जानकारी श्रेष्ठदार राजेन्द्रप्रसाद वाग्लेले जानकारी गराए ।

