अरनिको यातयातले पुनः सुरु ग¥यो काठमाडौं तातोपानी बस सेवा, यात्रीलाई शुलभ र सहज बन्दै
बैशाख ४, तातोपानी । लामो समय देखि अवरुद्व रहेको सिन्धुपाल्चोक स्थित चिनिया नाका र काठमाडौं पुग्ने सार्वजनिक यातयात सेवा पुन ः सञ्चालनमा आएको छ । नेपाल अरनिको यातयात सेवा प्रा.लीले काठमाडौंबाट बाह्रबिसे हुँदै तातोपानी सम्म नियमित बस सेवा पुन सुरु गरेको हो । बिहिबार आयोजित एक कार्यक्रमका बीच अरनिको यातयात प्रा.लीका अध्यक्ष केदार क्षेत्री तथा अन्य पदाधिकारीहरुले टिकट काउन्टर उदघाटन गर्दै सेवा सेवाको औपचारिक सुभराम्भ गरेका छन् ।

कम्पनीका अनुसार यात्रुहरुले तातोपानी–कठमाडौं यात्रा केबल ७०० रुपैंयामा नै गर्न सक्नेछन् । त्यस अघि सो रुटमा निजी तथा हरियो प्लेटका सवारी साधनहरुले यात्रुहरुबाट प्रतिव्यक्ति २ हजार ५ सय देखि ३ हजार रुपैंया सम्म असुल्ने गरेका थिए । नयाँ सेवा सुरु भएसंगै अब यात्रुहरुले सस्तो र सहज सुविधा पाउने अपेक्षा गरिएको छ ।

विशेषगरी तातोपानी नाका हुँदै नेपाल प्रवेश गर्ने चिनिया पर्यटकहरु देखि नेपाली यात्रुहरु महँगो भाडाबाट मुक्त हुने विश्वास गरिएको छ । बिहिबार देखि नै चिनिया पर्यटकहरुले पनि अरनिको यातयात बस सेवा प्रयोग गर्न थालेका छन् । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्प पछि तातोपानी नाका लामो समय सम्म बन्द रहँदा अरनिको यातयात सेवा पनि प्रभावित भएको थियो । हाल नाका नियमित सञ्चालनमा आएसंगै कम्पनीले पुनः सेवा सुचारु गरेको हो ।

नेपाल अरनिको यातयात सेवा प्रा.ली ले छिमेकी मुलुक चिनको सिमाना भोटेकोशी गाउँपालिको तातोपानीबाट सुरुवात गर्ने बस सेवाले आम उपभोक्ताहरुलाई निकै सुलभ र सहज बनाउने अध्यक्ष क्षेत्रीले ठोकुवा गरे । तातोपानी तथा काठमाडौंमा आन्तरिक र वाह्य पर्यटक समेत बढवा हुने उनको दावी छ । अरनिको यातयातले दैनिक दुईवटा विद्युतीय माइक्रो बस र ३ वटा बस सञ्चालन गर्ने जनाएको छ । निकट भविश्यमा तातोपानी नाका हुँदै धुलिखेल–काठमाडौं, नागढुङ्गा, मुग्लिन नारायणघाट हुँदै विरगञ्जसम्म रात्रीकालिन त्रीदेशीय बस सेवा सञ्चालन गर्ने समेत तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष क्षेत्रीको भनाई छ ।

