पाँचपोखरी थाङपाल गाउँपालिका एसइईमा जिल्लाकै प्रथम हुन सफल

ज्वाला संवाददाता
असार २५,चौतारा । २०८१ सालको एसइईमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका सबैभन्दा बढी प्रतिशत ल्याउने पालिका हुन सफल भएको छ ।

जिल्लाका १२ स्थानीय तहमध्ये ७७.९२ प्रतिशत विद्यार्थी पास गरेर पालिका मध्येको अब्बल पालिका बन्न सफल भएको हो । त्यस गाउँपालिकाबाट २२२ जनाले एसइई दिएकोमा १७३ जना पास भएका छन् । जम्मा ४९ जना फेल हुँदा यो पालिकाले ७७.९२ प्रतिशत उत्तीर्ण गरेर सबै पालिकालाई उछिन्न सफल भएको छ । १२ पालिका मध्ये सबैभन्दा कम प्रतिशत पास गर्ने जुगल गाउँपालिका रहेको छ । उक्त गाउँपालिकाबाट २७१ जनाले एसइई दिएकोमा ११८ पास हुँदा १५३ फेल भएका छन । यो पालिकाको औषत प्रतिशत सबैभन्दा कम ४३.५४ रहेको छ ।

यसैगरी बढी अंक प्रतिशत ल्याउनेमा हेलम्बु गाउँपालिका रहेको छ । यो पालिकाबाट २१५ जनाले एसइई दिएकोमा १५१ जना पास भएका छन् भने ५६ जना फेल भएका छन् । ७३.९५ प्रतिशत उत्तीर्ण गर्न सफल यो पालिका १२ स्थानीय तहमध्ये दोस्रो पालिका हुन सफल भएको हो ।

यसैगरी ७३.७९ प्रतिशत पास गरेर मेलम्ची नगरपालिका जिल्लाकै तेस्रो पालिका हुन सफल भएको छ । ५२५ ले परिक्षा दिएकोमा ३८७ जना पास भएका छन् भने १३८ जना पास भएका थिए ।

भोटेकोशी गाउँपालिकामा जम्मा विद्यार्थी १ सय ३५ रहेकोमा पास ६३ फेल ७२ ४६.६७ प्रतिशत, बाह्रबिसे नगरपालिका ३३३ ले परिक्षा दिएकोमा २०७ पास १२६ फेल ६२.१७ प्रतिशत, त्रिपुरासुन्दरी गाउँपालिका १३४ मा ८१ पास ५३ जना फेल ६०.४४ प्रतिशत, लिसंखुपाखर गाउँपालिका १२५ मा ८१ पास ४४ जना फेल ६४.८ प्रतिशत, सुनकोशी गाउँपालिका २३१ मा १२८ पास १०३ फेल ५५.७१ प्रतिशत र बलेफी गाउँपालिका २१० मा १३६ पास ७४ फेल ६४.७६ प्रतिशत उत्तीर्ण भएका थिए । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाको ५०५ ले परिक्षा दिएकोमा २९० पास भएकोमा २१५ फेल ५७.४३ प्रतिशत र इन्द्रावती गाउँपालिका २६४ जनाले दिएकोमा १६८ पास भएकोमा ९६ फेल भएका थिए । त्याहाँ ६३.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

जिल्लाका १५४ विद्यालयबाट ३ हजार १ सय ७० विद्यार्थी सहभागी भएका परीक्षामा १ हजार ९ सय ९१ जना विद्यार्थी ग्रेडेड र १ हजार १ सय ६९ जना ननग्रेडेड भएका थिए । क्षेत्र नं. १ भित्र मात्रै ८ सय ९५ जना विद्यार्थी ग्रेडेड भएका छन् ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) देशभरमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय(कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।