माओबादी बलेफी अध्यक्षमा लामा निर्वाचित

२६ पाैष, बलेफी । नेपाल कम्युनिष्ट पार्टी( माओवादी-केन्द्र ) बलेफि गाउँपालिका अध्यक्षमा कालीप्रसाद लामा निर्वाचित भएका छन् ।
शुक्रबार सिन्धुपाल्चोक जिल्लाकाे बलेफी गाउँपालिकाको तेस्रो सम्मेलनले आगामी ३ बर्षकाे लागि लामाकाे नेतृत्वमा पालिका समिति निर्वाचित भएकाे छ ।
निर्वाचन प्रकृयाबाट उपाध्यक्ष रेशम कार्की, गणेश बहादुर विक,उपाध्यक्ष देवकि पौडेल, सचिव नारायण पराजुली सहसचिव जयराम कार्की र कोषाध्यक्षमा यशोदा पौडेल निर्वाचित भएका छन् ।
उननिहरसंगै ४१ सदस्यीय गाउँपालिका समिति निर्वाचित गरेकाे रहकाे माओबादी केन्द्र बेलेफिले जनाएकाे छ ।
सम्मेलन कार्यक्रममा केन्द्रीय नेताहरु केशव नेपाल, माधव सापकाेटा र अमृता नेपाल, सरल सहयात्री पाैडेल लगायत प्रदेश र जिल्लास्तरका नेताहरुले सम्मेलनबाट निर्वाचितलाई बधाई तथा शुभकामना व्यक्त गरेकाे माओबादीका १ नम्बर क्षेत्रीय इन्चार्ज टिएन सापकोटाले जानकारी दिए ।