ईन्द्रावतीका कांग्रेसबाट दुईदर्जन कार्यकता नेकपामा प्रवेश

साउन २४, चौतारा (सिन्धुपालचोक) । ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ बाट नेपाली कांग्रेसबाट दुईदर्जन कार्यकता नेकपामा प्रवेश गरेका छन् ।
गाउँपालिका वडा नम्बर ३ अन्र्तगत तल्लो कुन्चोकका पञ्चविर तामाङ सहित दुई दर्जन नेपाली कांग्रेसका कार्यकता नेकपामा प्रवेश गरेका हुन् ।

निकै लामो समय नेपाली कांग्रेसबाट राजनीति थालेका पञ्चविर तामाङ, दानबहादुर तामाङ, सन्तबहादुर तामाङ लगाएत स्थानीय तहमा प्रभावशाली राख्ने नेता कार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन् । पञ्चविर २०५४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट साविकको कुञ्चोक गाविस उम्मेदवार हुन् भने दानबहादुर स्थानीय सिंहमति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । उनीहरुलाई आज जिल्ला पार्टी कार्यालय चौतारामा सयौं कार्याकताको उपस्थितिमा पार्टी जिल्ला ईन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य कृष्ण प्रसाद सापकोटा, अर्का केन्द्रीय सदस्य शेरबहादुर तामाङ र पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश पछिको संक्षिप्त कार्यक्रममा बोल्दै नेकपाका पार्टी जिल्ला ईन्चार्ज कृष्णप्रसाद सापकोटाले अन्य पार्टीका कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गर्नु नेकपा प्रतिको विश्वास र भरोसाका कारण प्रवेशको लहर चलेको बताए । नेकपामा अन्य पार्टीका हजारौं कार्यकर्ता आउन चाहेपनि मुलुकभर फैलिएको कोरोनाको प्रभावका कारण प्रवेश गराउन नसकिएको उनले खुलस्त पारे । पार्टी केन्द्रको बारेमा भएको पछिल्लो विवादको बारेमा चर्चा गर्दै पार्टीका केन्द्रीय सदस्य समेत रहेका सापकोटाले पार्टीभित्र विवाद नभई विचार बहसको थालनी भएको बताए । पार्टी जिवन्त रहन पार्टीभित्र विचार, राजनीति र शिद्वान्त बीचको तालमेल स्वाभिवक बहसको रुपमा रहेको उनले जोड दिए । पार्टी कुनै हालतमा नफुट्ने ठोकुवा गर्दै जिल्ला ईन्चार्ज सापकोटाले भने, ‘एकता नचाहाने पार्टीभित्र देखिएका खराब प्रवृतिहरु आफैं बिलाउने छन् तर पार्टी फुट्दैन एकढिक्का हुन्छ ।’ पार्टी प्रवेश गर्ने नयाँ सदस्यलाई पार्टीमा सापेक्षित रुपमा अवसर र जिम्मेवारी दिने उनले बचन दिए ।
त्यस्तै अर्का केन्द्रीय सदस्य शेरबहादुर तामाङले नेकपामा अवसर छोपेर आउने भन्दा संकट देखिएको बेलामा प्रवेश गर्नु परिपक्का कार्यकर्ता ठहरिने बताए । आफु २ नम्बर क्षत्रेका प्रतिनिधिसभाका सांसद हुनुको नाताले विकास निर्माण र योजनामा स्थानीय कार्यकर्तासंग हातेमालो गरेर अघि बढ्ने बचन दिए ।

त्यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा बागमति प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले ईन्द्रावती गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्ष निर्वाचित भएपनि जनताले राहतको महसुस गर्न नपाएको आफुले गुनासो पाएको बताए । जनतालाई नेपाली कांग्रेसले वेवास्ता गरेपछि अन्य पार्टीका कार्याकताको लहर नेकपामा आएको उनले ठोकुवा गरे । आफ्नै पहलमा सिंहमतिबाट विकासको काम सुरुवात भएको बताउँदै मन्त्री दुलालले सिपाखोलामा पक्की पुल तथा सडक निर्माणको काम सुरुवात गरिएको बताए । कुन्चोक नेकपाको लालकिल्ला बन्ने आफु विश्वस्त भएको बताउँदै मन्त्री दुलालले विकास निर्माण योजनामा जनतासंग सहकार्य गरेर जाने प्रतिवद्वता जनाए ।
त्यस्तै पार्टी जिल्ला अध्यक्ष झम्क नेपालले यतिबेला पार्टीलाई चारैतिर घेराबन्दी गर्ने अवस्था हुँदाहुँदै नेकपामा अन्य पार्टीबाट प्रवेशको लहर आउनु सकरात्मक सन्देश दिएको उनले बताए । कांग्रेसको चरम अवसरवाद तथा हेपाईमा परेका कार्यकर्ताले नेकपाले संरक्षण गरेर उचित अवसर प्रदान गरिने प्रतिवद्वता जनाए ।
नेपाली कांग्रेसबाट नेकपा पार्टी प्रवेश गरेका मध्येका दानबहादुर तामाङले नेपाली कांग्रेसमा कुनै भविश्य नदेखिएपछि नेकपामा प्रवेश गरेको बताए । स्थानीय विकास निर्माणमा समेत नेपाली कांग्रेसको पक्षपाती तथा जनतामा हेपाहा प्रवृति रहेका कारण कांग्रेसमा टिक्न नसकेको उनले बताए ।
कार्यक्रममा प्रदेश सदस्य झम्क पराजुली, सोम सापकोटा, जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङ, जिल्ला पार्टीका सदस्यहरु लगाएतको स्थानीय कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।