प्रगतिशील लेखक सङ्घद्वारा शान्तिवाटिकामा कविता बाचन

जेठ ३, काठमाडौं । प्रगतिशील लेखक सङ्घद्वारा सरकारको डोजर आतंक विरुद्व काठमाडौंको शान्तीबाटिकामा कविता बाचन सम्पन्न गरेको छ ।
सुकुम्बासी बस्तीहरूमा चलाइएको डोजर र त्यसबाट सिर्जित विस्थापनविरुद्ध रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार कवि तथा कलाकारहरूले कविता वाचनमार्फत सांकेतिक विरोध जनाएका हुन ।

काठमाडौँका थापाथली, सिनामंगल लगायतका क्षेत्रमा उचित विकल्प बिना नै संरचनाहरू भत्काइएको भन्दै प्रगतिशील लेखक सङ्घको आयोजनामा ३० स्रष्टाहरूले आवासको अधिकार र मानवीय संवेदनाको पक्षमा आवाज बुलन्द पारेका हुन् ।

प्रगतिशील लेखक सङ्घ -प्रलेस) नेपालको एक प्रतिष्ठित र ऐतिहासिक साहित्यिक संस्था हो, जसले स्थापना कालदेखि नै समाजका उत्पीडित, गरिब र श्रमजीवी वर्गको पक्षमा आवाज उठाउँदै आएको छ । सुकुम्बासीहरूका समस्या, अधिकार र राज्यको तर्फबाट हुने गरेका अन्यायका विरुद्ध प्रलेसले विभिन्न समयमा Úसडक कविता वाचनÚ जस्ता दबाबमूलक तथा चेतनामूलक साहित्यिक कार्यक्रमहरू आयोजना गरेको प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष समिरसिंहले बताए ।

दिउसो ३ बजे शान्तिवाटिकामा भेला भएका ३० कविहरुले सुकुम्बासीको पक्षमा कविता बाचन गरिएको संघका महासचिव झपिन्द्र ढकाल -पारस) ले बताए । उनका अनुसार प्रगतिशील लेखक सङ्घद्वारा सुकुम्बासीको पक्षमा गरिने सडक कविता प्रतिरोधको माध्यम प्रलेसले आफ्नो ऐतिहासिक पृष्ठभूमिमा टेकेर सुकुम्बासी बस्तीहरू भत्काइँदा वा उनीहरूलाई विकल्पविहीन बनाएर उठिबास लगाइँदा सडकलाई नै मञ्च बनाएर कवितामार्फत गरिएको हो । अधिकांश कविहरुले आफ्नो रचना मार्फत सुकुम्बासीहरूको न्यूनतम मौलिक अधिकार -बसोबासको अधिकार) को रक्षाका लागि आवाज उठाएका थिए ।

विना विकल्प सुकुम्बासी बस्तीमा डोजर चलाउने र गरिबमाथि दमन गर्ने राज्य संयन्त्रको कडा आलोचना गरे । सुकुम्बासीहरू केवल माग्ने होइनन्, उनीहरू सहर र देश निर्माण गर्ने मुख्य श्रमजीवी शक्ति हुन् भन्ने चेतना कविहरुले जागृत गराएका हुन् । सडक कविता वाचनको प्रभाव र महत्त्वजनतासँग प्रत्यक्ष संवाद हलमा गरिने साहित्यिक गोष्ठीभन्दा सडकमा गरिने वाचनले आम सर्वसाधारण र पीडित सुकुम्बासीहरूसँग सिधै भावनात्मक नाता जोड्न सिर्जना र कलाको माध्यमबाट गरिने आन्दोलनले राजनीतिक आन्दोलनलाई थप ऊर्जा र बौद्धिक बल प्रदान गरिने कवि लेखकहरुको दावी छ ।

काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिका राजनीतिक, सामाजिक तथा बौद्धिक आन्दोलनहरूको एउटा मुख्य केन्द्र -हब) हो । प्रगतिशील लेखक सङ्घ -प्रलेस) ले सुकुम्बासीहरूका हकअधिकार र भूमिहीन नागरिकमाथि राज्यले गर्ने दमनका विरुद्ध असोज ३ गते एकैसाथ काठमाडौं लगाएत प्रत्येक जिल्लामा विशेष सडक कविता वाचन कार्यक्रम आयोजना गरी ऐक्यबद्धता जनाएको बताएको छ ।