हेलम्बुकाे इष्टपोइन्ट एकेडेमीको १३ औं वार्षिकोत्सब सम्पन्न
हेलम्बु गाउँपालिका वडा नम्बर ४ स्थित सेरामा अवस्थित इष्टपोइन्ट एकेडेमीको १३ औं वार्षिकोत्सब सम्पन्न भएको छ ।

आज विद्यालयमा आयोजित पुर्व आधारभूत तहको दिक्षान्त,अभिभावक दिवस,विविध सांस्कृतिक एवम् पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलाल शरदले एउटा सपना बोकेर जनताको बिचमा आएकाले परिस्थिति जस्तोसुकै भएपनि यहाँको जनताको आवाज लाई बुलन्द गर्दै कानुनको तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले एउटा माया,बिश्वास र मत दिएर विजयी गराउनुभएकोमा सम्पुर्ण सिन्धुपाल्चोकका जनता लाई धन्यवाद व्यक्त गर्नुभयो ।

दुलालले शैक्षिक सवालका मुद्दाहरुको विषयमा आगामी दिनमा पहलकदमि लिने बताउनुभयो । विद्यालयको वार्षिकोत्सबका अवसरमा एस इ इ उतिर्ण उत्कृष्ट विद्यार्थी सम्मान,दिक्षान्त,विद्यार्थीहरुको प्रस्तुति रहेको विद्यालयका प्रीन्सिपल दामोदर भारतीले जानकारी दिनुभयो ।

