हेलम्बुमा पाल्चोकी माइ कृषक हाट बजार “जैविक खेती पद्धतिको अनुशरण

पुष १९, पाल्चोक । स्थानीय उत्पादनको संरक्षण, प्रबद्र्धन र बजारीकरण” भन्ने मूल नाराका साथ पाल्चोकमा सुरु गरिएको छ ।

पाल्चोकी माइ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गर्दै हेलम्बु गाउँपालिका र मन्दिर व्यवस्थापन समितिको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरण गर्ने उद्देश्यले आज शनिबारदेखि हाट बजारको सुरुवात गरिएको हो ।
यस कृषक हाटबजारमा स्थानीयस्तरमा उत्पादन भएका शुद्ध अर्गानिक कृषि उपज बिचौलिया बिना नै प्रत्यक्षरूपमा बिक्री गर्न पाउँदा किसानहरू निकै खुशी देखिएका छन् । हाट बजारमा किसानहरूले काउली, मुला, साग, सुन्तला, किबी, फर्सी, लप्सी, सिस्नु, सिमी, सिलाम, कागती, गहत, मकै, जौ, फापरको पिठो, प्याजको बिरुवा, हरियो सिमी, चिया, एबोकाडो, स्कुस, सिन्की अमला, खोलेसागलगायत विभिन्न कृषि उपज राखेका थिए ।

बाहिरबाट दर्शन गर्न आउने भक्तजनलाई आफूले उत्पादन गरेको वस्तु प्रत्यक्षरूपमा बेच्न पाउँदा किसानहरू उत्साहित देखिएका छन् । हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरीले अब स्थानीय उत्पादनले उचित बजार पाउने र यसले किसानको आयआर्जन बढाई समृद्धितर्फ डो¥याउने विश्वास व्यक्त गरे ।

यो हाट बजारलाई निरन्तर सञ्चालन गर्ने योजना रहेको छ । यसबाट पाल्चोक तथा आसपासका किसानहरूलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास लिइएको छ । हेलम्बु गाउँपालिकाकै पहिलो हाट बजारका रूपमा सुरु भएको यो बजार हरेक शनिबार बिहान ८ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ । सुरुवाती चरणमै किसानहरूको उत्साहजनक सहभागिता देखिनु यस हाट बजारको सकारात्मक संकेत मानिएको छ ।

यो हाट बजारलाई निरन्तर सञ्चालन गर्ने योजना रहेको छ । यसबाट पाल्चोक तथा आसपासका किसानहरूलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास लिइएको छ। हेलम्बु गाउँपालिकाकै पहिलो हाट बजारका रूपमा सुरु भएको यो बजार हरेक शनिबार बिहान ८ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुनेछ । सुरुवाती चरणमै किसानहरूको उत्साहजनक सहभागिता देखिनु यस हाट बजारको सकारात्मक संकेत मानिएको छ ।