जिरी–खाडिचौर सडकको ५ किलोमा बस दुर्घटना हुँदा २० घाइते
असोज २१, खाडीचौर । जिल्लाको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडक खण्डमा मंगलबार बेलुकी बस दुर्घटना हुँदा ३ नाबालकसहित २० जना घाइते भएका छन् । रामेछापबाट चरिकोट हुँदै काठमाण्डौंतर्फ जाँदै गरेको बा।प्र।०३–००१ ख २५२१ नम्बरको बस मंगलबार साँझ करिब ४ बजेर २५ मिनेट जाँदा सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको कमाण्डमा ७ जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घाइते यात्रुहरूलाई उद्धार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल, खाडिचौर पु¥याएर उपचार भएको प्रहरीले भएको छ ।
प्रहरीका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको र गम्भीर क्षति नभएको बताइएको छ । दुर्घटनाको कारण बस अनियन्त्रित भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

