ऊर्जा मन्त्री घिसिद्वारा तलबदेखि कुनै पनि सरकारी सुविधा नलिने घाेषणा

भदाै ३०, काठमाडौ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् ।

सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधान नलिने घोषणा उनले गरेका हुन् । पदभार ग्रहण गर्दै उनले भ्रष्टाचारविरुद्ध आफूले शून्य सहनशिलता अपनाउने बताए ।‘शून्य सहनसिलता अपनाइने छ, भ्रष्टाचार नियन्त्रण मुख्य मात्र हो । यसलाई निर्मुल गर्नुपर्छ,’ उनले भने ।

‘अनियमितता र भ्रष्टाचार गरेको भेटियो भने कारबाही गर्छौं ।
भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको विषय हो’, उनले प्रष्टाए । उनले आफ्नो पारदर्शितामा कुनै प्रश्न आयो भने सिधा आफैंलाई सम्पर्क गर्ने उनले अनुरोध गरेका छन् ।