
तोप २१ को भलिवल उपाधि नेपाल पुलिस क्लबले हात पार्यो

२० चैत्र, सिन्धुपाल्चोक । चैत्र १६ देखी २० गतेसम्म सञ्चालित चौथो तोप २१ तथा चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।
गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिसले उपाधि जितेको हो । फाइनल खेलमा २५ –१६, २५–१८ र २५–२२ ले गण्डकीलाई पराजित गरेको हो । यो संगै गण्डकीले प्रतियोगितामा दोस्रो स्थान हाशिल गरेको छ ।
प्रतियोगितामा तेस्रो स्थानको लागि भएको खेलमा कोशी प्रदेशले शसस्त्र प्रहरी बलका एपिएफलाई ३ –० को सेटमा पराजित गरेको छ । यो संगै कोसी प्रदेश तेस्रो हुन भए ।
प्रतियोगितामा पहिलो भएका नेपाल पुलिसले क्लबले नगद रु ३ लाख रुपैयाँ, शिल्ड र मेडल पुरस्कार प्राप्त गरे । यस्तै दोस्रो हुने गण्डकी प्रदेशले रु १ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने कोशी प्रदेशले ७५ हजार नगद सहित शिल्ड तथा मेडल पुरस्कार पाए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रि युवाराज दुलालले पुरस्कार वितरण गरेका हुन् । उनले कार्यक्रममा बोल्दै चौतारामा आफ्नै योजनामा निर्माणधिन मिनि रंगशालाको निमार्ण सम्पन्न गर्न लागि गर्ने बताएका छन् ।