मध्यभोटेकोशी आयोजना पुरा नहुँदै लथालिङ्ग, जनताको लगानी डुुब्दै

दिनेश दुलाल
कार्तिक २५, बाह्रबिसे (सिन्धुपाल्चोक । ७ बर्ष अगाडि सुरु भएको निर्माणधिन मध्यभोटेकोशी आयोजना (१०२) निर्माण सम्पन्नको आधाआधी नपुग्दै लथालिंग हुन पुगेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यभोटेकोशी जलविद्युत आयोजना समयमै निर्माण सम्पन्न नहुँदा जनताको लगानी डुब्ने भएको छ ।

२०७० माघमा सुरु भएको उक्त प्रोजेक्ट ४३ महिनामा पुरा हुनुपर्नेमा ७ बर्ष पुरा हुँदा समेत आधाआधी मात्र सम्पन्न भएको छ । ठेकेदार कम्पनीको लापरवाहीले गर्दा आयोजना कहिले सम्म सकिने भन्ने एकिन हुँदा जनताको लगानी डुब्ने अवस्था पुग्न लागेको हो । आयोजना डुब्नुमा आयोजनाका सिईओ मणीकुमार काफ्ले, परामर्शदाता तथा अनुवादक गाविन्द पौडेल जिम्मेवार रहेको स्थानीयको आरोप छ । आयोजना ढिलाई भएपछि स्थानीय सरकारवालाहरुले यसअघि पटक –पटक बाह्रबिसे नगरपालिकालाई ध्यानकर्षण गराएका थिए । त्यसपछि आयोजना छिटो निर्माण गर्न बाह्रबिसे नगरपालिकाबाट पटक–पटक सिईओ, परार्शदाता तथा ठेकेदार कम्पनीलाई आग्रह गरेको थियो । स्थानीय सरकारले यसबारेमा सम्बन्धित पक्षको ध्यानकर्षण गर्दा समेत सुनाई नभएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्धवालालाई बताए । ‘हामीले उहाँहरुलाई आयोजना छिटो निर्माण गर्न आग्रह गर्दा समेत सुनुवाई भएको देखिएन’, मेयर शेर्पाले सिन्धुज्वाला संग भने । आफुले ठेकदार कम्पनीलाई समस्याको बारेमा बैठक बस्न पटक–पटक आग्रह गर्दा समेत आउन नमानेको उनले सुनाए । उनका अनुसार सरोकार पक्षहरुलाई यसबारेमा छलफल गर्न आज बोलाउँदा समेत ठेकेदार कम्पनी उपस्थिति भएन । बाह्रबिसे नगरपालिका भित्र रहेको आयोजना निर्माणको लागि स्थानीय सरकारको तर्फबाट पहल गर्दा समेत सुनुवाई नभएपछि नगरपालिकाले सिईओ, परामर्शदाता, ठेकेदार कम्पनी तथा अनुवादक गोविन्द पौडेल विरुद्व अख्तियार दुरुपयोगमा मुद्दा दर्ता गरिने मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यान्वयन सरोकार समिति संयोजक समेत रहेका नगर प्रमुख शेर्पाले चेतावनी दिए ।
स्थानीय प्रभावितका अनुसार आयोजनाका प्रमुख (सिईओ) मणिकुमार काफ्ले आयोजना स्थलमै आउँदैनन् । आयोजनास्थलमा ७ वटा आवासगृह रहेपनि उनी काठमाडौंबाट कहिल्यै आउँदैनन् । त्यस्तै आयोजनाको अनुवादक रहेका गोविन्द पौडेलले आयोजनामा कमसल सामग्री प्रयोग गर्ने, ठेकेदार कम्पनीसंग मिलेर कमिशन खाने लगाएतका गैरक्रियाकलाप गर्दै आएका छन् ।

सोहि बिषयलाई लिएर मंगलबार आयोजना प्रभावित स्थानीयले बाह्रबिसे नगरपालिकामा ध्यानकर्षण तथा माग पत्र बुझाएका छन् । नगरप्रमुख निमफुञ्जो शेर्पालाई बुझाएको ध्यानकर्षण पत्रमा वोधार्थ जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मध्यभोटेकोशी, ठेकेदार कम्पनी र ईलाका प्रहरी कार्यालय बाह्रबिसेलाई बुझाईएको विक्रम श्रेष्ठले सिन्धुज्वालालाई बताए । स्थानीय प्रभावितहरुले नगरपालिकालाई ध्यानकर्षण बुझाएसंगै आवश्यक कानुनी प्रक्रियामा समेत जान सकिने मेयर शेर्पाले स्पष्ट पारे ।
आयोजनामा स्थानीय जनताको प्रमोटर शेयर अन्र्तगत लगानी मात्रै २४ करोड रहेको छ । स्थानीय जनता र सर्वसाधारणले पनि यसमा साधारण शेयर अन्र्तगत लगानी गर्ने छन् । शयर १२ अर्ब २८ करोड लगानीबाट सुरु भएको आयोजना लम्बिदा परिमार्जित १५ अर्ब ३ करोड लगानी पुगेको छ । यसैसन्दर्भमा आयोजना प्रमुख (सिईओ) मणीकुमार काफ्लेसंग बुझ्दा उनले आयोजना ढिलाई हुनु आफ्नो कुनै कमजोरी नभएको जिकिर गरे । ‘आयोजना विभिन्न प्राकृतिक प्रकोपले गर्दा ढिलाई भएको हो’, आयोजना प्रमुख( सिईयो) मणिकुमार काफ्लेले सिन्धुज्वालासंग भने । आफुले आयोजना समयमै सम्पन्न गर्न लागेपनि निर्माण कम्पनीले ढिलाई गरेको कुरा भने उनले स्विकार गरे । सिईओेले नै ठेकेदार कम्पनीसंग साँठगाँठ गरेर अनियमिता गरेको भन्ने जिज्ञासाको सन्दर्भमा भने उनले आफ्नो आयोजनाको खिलाफमा कोही कसैसंग साँठगाँठ नभएको खुलासा गरे । आफु विरुद्व अख्तियार मा मुद्दा परेपनि त्यसको सामना गरिने बताए । त्यसैगरी आयोजनाको अनुवादकका रुपमा रहेका गोविन्द पौडेलले आफु भाषा अनुवादक मात्रै भएकोले त्यसभन्दा बाहेकको गैरक्रियाकलापको काममा सरिक नभएको स्पष्ट पारे ।