मेलम्ची नगरपालिका प्रमुखद्वारा वडा नम्बर २ को कार्यालय भवन शिलन्यास

रबिन दनुवार
बैशाख १८ मेलम्ची (सिन्धुपाल्चोक)
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका प्रमुखद्वारा वडा नम्बर २ को कार्यालय भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल र उपप्रमुख भगवती नेपालले संयुक्त रुपमा कार्यलय भवन शिलान्यास गरेको हो।
साढे तीन तल्लाको भवन ई-लाइब्रेरी लगायत अपाङ्गतामैत्री पनि हुने गरि कार्यालय भवन निर्माण हुने मेलम्ची नगरपालिकाका सुचना अधिकारी जित बहादुर कार्कीले बताए ।
हाल वडा कार्यलयको रुपमा जाल्पादेवि माध्यमिक बिद्यालयमा सञ्चालन भैरहेको सुचना अधिकारी कार्कीले बताए ।
उनका अनुसार १ करोड ९० लाखको लागतमा बन्ने उक्त भवन १८ महिना भित्रमा सम्पन्न गर्ने योजना रहेको उनले बताए ।
मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले सामाजिक दुरी कायम गरि कार्यालय भवन निर्माण गर्न व्यवसायीलाई अनुरोध गरेका छन् ।
आर्थिक बर्षमा वडा नम्बर १ र ५ को पनि बोलपत्र निकालि निर्माण व्यवसायी छनोट भैसकेको नगरपालिकाले जानकारी दिए।
अर्को बर्ष देखि बाकी वडाका भवन क्रमश: निर्माण गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ।