समाजसेवी थापा सम्मानित

१९ पौष, चौतारा । चौताराका समाजसेवी एवं युवा व्यवसायी भुपेन्द्र थापा सम्मानित भएका छन् । उनले सिन्धुपाल्चोक जिल्लाको पहिलो बिद्यालय श्री कृष्ण रत्न गंगा माध्यमिक बिद्यालयबाट सम्मान पाएका हुन् । बिद्यालयको लागि ५० हजारको अक्षयकोष स्थापाना गरिदिए बापत उनी सम्मानको पात्र बने ।
७८ औँ बार्षिकोत्सवको अवसरमा थापालाई बिद्यालय परिवारले सम्मान गरेको हो । उनलाई पूर्व सांसद कृष्णराज श्रेष्ठले दोसल्ला र चौतारा साँगाचोकगढी नगरपालिका नगरप्रमुख कृष्णप्रसाद सापकोटाको हातबाट सम्मानपत्र प्रदान गरिएको थियो ।

पूर्व शैनिक संगठनका केन्द्रिय सदस्य समेत रहेका थापाले पछिल्लो समय सामाजिक काममा पनि हात हाल्न थालेका छन् । उनले बिद्यालय, मठमन्दिर, पाटीपौवा र मेलापर्वमा आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आईरहेका छन् ।
थापा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, लायन्स क्लव चौतारा र विविन्न संघसंस्थाले गरेको सामाजिक काममा समेत निरन्तर सहगोग गर्दै आएका छन् ।